
सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थित महेन्द्र राजमार्गमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
भण्टाबारीबाट लौकहीतर्फ जाँदै गरेको प्र १-०२-००२ च ४८३१ नम्बरको खाली पिकअप गएराति अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा पिकअप चालक मोरङको रंगेली नगरपालिका-३ दर्वेशाका ४२ वर्षीय पदम राईको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । उनको उपचारकै क्रममा उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा पिकअपमा सवार सिरहाको लहान नगरपालिका घर भई हाल विराटनगर-१३ बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















