संगालोखबर


विराटनगर । सप्तकोसी नदीमा तैरिरहेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।

सुनसरी कोसी गाउँपालिका-७ स्थित केराबारी र भन्टाबारी बीच भागको सप्तकोसी नदीबाट ३०८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

Advertisement

नदीको किनार छेउमा पानीमा तैरिरहेको अवस्थामा आठ वटा प्लास्टिकको पोकामा गाँजा फेला परेको हो । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । ओसार-पसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!