संगालोखबर


विराटनगर । विराटनगर-१४ जतुवाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो ।

आज बिहान जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोली र १४० ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement

सशस्त्र प्रहरीका अनुसार उनको साथबाट दुई थान मोबाइल फोनसमेत बरामद गरिएको छ । उनलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!