संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ स्थित क्यान्सरबाट निधन भएकी कमला याखाको परिवारलाई जस्तापाता प्रदान गरिएको छ । हिजो समाजसेवी तथा शिक्षकहरूको समन्वयमा उनका श्रीमान शुक्रबहादुर याखालाई ४० हजार बराबरको जस्तापाता प्रद्यान गरिएको हो ।

नेपाल उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाल शिक्षक सङ्घका अध्यक्ष थीरेन्द्र लिम्बू, नेपाल शिक्षक महासङ्घका जिल्ला सचिव घनेन्द्र बहादुर सुब्बा लगायतले जस्तापाता हस्तान्तरण गरेका थिए ।

Advertisement

मुखको क्यान्सरबाट पीडित कमलाको कात्तिक १९ गते उपचारका क्रममा निधन भएको थियो । याखाको फुसको छाना भएको घर भएकाले जस्तापाता सहयोग गरिएको शिक्षक विगेन्द्र याखाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!