धरानमा छोराले चक्कु प्रहार गर्दा बुबा घाइते
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१ शुभलक्ष्मी मार्गमा छोराले चक्कु प्रहार गर्दा बुबा घाइते भएका छन् । मंगलबार दिउँसो ३२ वर्षीय छोरा सन्तोष राउतले चक्कु प्रहार गर्दा ६० वर्षीय बुबा मणिकुमार राउत घाइते भएका हुन् ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मणिकुमारको टाउकोमा चक्कु प्रहार भएको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ ।
चक्कु प्रहा...





























