सुनसरीमा भारतीय कारभित्र भेटियो ३४० किलो गाँजा

सुनसरीमा भारतीय कारभित्र भेटियो ३४० किलो गाँजा

विराटनगर । सुनसरी प्रहरीले भारतीय कारबाट गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १ः४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार बराहक्षेत्र नगरपालिका-५ विशाल चोकमा गाँजा ओसार-पसार भइरहेको सूचना प्राप्त भएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले कारभित्रबाट ३४० किलो गाँजा बरामद गरेको हो । धरान...
सुनसरीबाट १० किलो गाँजा बरामद

सुनसरीबाट १० किलो गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट प्रहरीले १० किलो गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १२ः२० बजे इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सडक छेउको झाडीबाट बोरामा पोको पारेर राखेको अवस्थामा गाँजा बरामद गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गाँजा ओसारपसार भइरहेको सूचना पाए...
इटहरीमा लेनदेन विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु 

इटहरीमा लेनदेन विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु 

विराटनगर । सुनसरीको इटहरीमा लेनदेन विवादमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी-१६ का ४२ वर्षीय रामकुमार चौधरी छन् । बुधबार राति करिब ११ः२० बजे विराट टिचिङ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । प्रहरीका अनुसार बुधबार राति ९ः३० बजे लेनदेन विवाद हुँदा सोही स्थानका ५५ वर्षीय लाले चौधरीले रामकुमारलाई कुटपिट गर...
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा हर्क साम्पाङले खौरिए कपाल

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा हर्क साम्पाङले खौरिए कपाल

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा कपाल खौरिएका छन् । साम्पाङले आन्दोलनमा परेर ज्यान गुमाएका जेनजी तथा सुरक्षाकर्मीहरूको नाममा आफूले केही गर्न नसके पनि उनीहरूको दुःख बोक्दै कपाल खौरिएको भाव व्यक्त गरेका छन् । ‘देशमा हालै भएको आन्दोलनमा परी ज्यान गुमाएका जेनजी तथा सुरक्षाकर्मीहरूको नाममा मैले केही गर्न सकिन होला’, कपाल खौरनु अघि उनले...
मानव बेचबिखन मुद्दाका फरार कैदी रामधुनीबाट पक्राउ

मानव बेचबिखन मुद्दाका फरार कैदी रामधुनीबाट पक्राउ

सुनसरी । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । मानव बेचबिखन मुद्दामा कैद भुक्तान गरिरहेको रामधुनी-५ का ४० वर्षीय जोगेन्द्र ऋषिदेव पक्राउ परेका हुन् । उनलाई मंगलबार राति ७ः५० बजे पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परे...
धरानमा धारिलो हतियार प्रहार, २० वर्षीय युवक गम्भीर घाइते

धरानमा धारिलो हतियार प्रहार, २० वर्षीय युवक गम्भीर घाइते

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ मा धारिलो हतियार प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन् । आइतबार राति करिब ८ बजे मोटरसाइकलमा आएको एक समूहले २० वर्षीय निशान राईलाई धारिलो हतियार प्रहार गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार घरमा सुतिरहेका बेला उनीमाथि खुकुरी प्रहार भएको खुलेको छ । उनीमाथि २१ वर्षीय ओबिन राई, सुजन तामाङ, बोबो लिम्बू र हडबडे भनिने अर्का एक...
चटपटे पसललाई लाइसेन्स दिएर सप्तकोसीमा हाम फालेपछि…

चटपटे पसललाई लाइसेन्स दिएर सप्तकोसीमा हाम फालेपछि…

सुनसरी । सुनसरीस्थित कोसी ब्यारेजबाट हाम फालेका एक पुरुष बेपत्ता भएका छन् । शनिबार दिउँसो सप्तकोसी पुलको ६ नम्बर ढोकाबाट हाम फालेका झापाको कमल गाउँपालिका-५ लखनपुर टोलका ६२ वर्षीय लैनबहादुर थापा बेपत्ता भएका हुन् । उनले चटपटे खाएर सोही पसलवालालाई लाइसेन्स दिएर सप्तकोसीमा हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थापाले नदीमा हाम फालेको थाहा पाएपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानक...
धरान उपमहानगरपालिकाको बजेट २ अर्ब २० करोड ७४ लाख

धरान उपमहानगरपालिकाको बजेट २ अर्ब २० करोड ७४ लाख

धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको १७ औँ नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघालेले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् । महानगरले २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट ८० करोड, संघीय सरकारबाट ८९ करोड, प्रदेश सरकारबाट ७ करोड...
अपडेट : सुनसरी दुर्घटनामा मृत्यु हुनेको सनाखत

अपडेट : सुनसरी दुर्घटनामा मृत्यु हुनेको सनाखत

विराटनगर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ पुलचोकमा भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । मृत्यु हुनेमा सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय सुनील यादव र सिराहाकै सखुवानान्कारकट्टी-३ की ४५ वर्षीया धनेश्वरीदेवी यादव छन् । आज बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रो...
सुनसरीमा रोकेर राखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु, २२ जना घाइते 

सुनसरीमा रोकेर राखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु, २२ जना घाइते 

सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ खुनिया पुल नजिकै रोकेर राखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा २२ जना घाइते भएका सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । पुरुषको जिल्ला अस्पताल इनरुवा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु ...
जेनजी आन्दोलनमा ध्वस्त इटहरीको यातायात कार्यालय विद्यार्थीद्वारा सफाइ

जेनजी आन्दोलनमा ध्वस्त इटहरीको यातायात कार्यालय विद्यार्थीद्वारा सफाइ

सुनसरी । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका कारण सिर्जित फोहर व्यवस्थापनमा विद्यार्थीहरूले सक्रियता देखाएका छन् । यसै क्रममा विद्यार्थीहरूको एक समूहले इटहरीको यातायात कार्यालयको सरसफाइ गरेको छ । ‘सेभ द अर्थ फ्रम ए टू जेड’ (एसेज) नामक विश्वविद्यालयस्तरका विद्यार्थीहरूको सङ्गठनले जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको यातायात व्यवस्था कार्यालय इटहरीको फोहर सफा गरेको हो । स...
विराटनगर र धरानको भाटभटेनीमा जलेर मृत्यु भएका को हुन् ?

विराटनगर र धरानको भाटभटेनीमा जलेर मृत्यु भएका को हुन् ?

विराटनगर । विराटनगर र धरानको भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा भेटिएका मानव कङ्कालको पहिचान हुन सकेको छैन । जलेर खरानी भएको अवस्थामा कङ्काल भेटिएको खबर सार्वजनिक भएपनि कतैबाट आफन्त हराएको जानकारी प्रहरीले पाएको छैन । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि हालसम्म धरानमा चार र विराटनगरमा एउटा मानव कङ्काल फेला परेको छ । खरानी भएको अवस्थामा भेटिएका कङ्काल आगजनीकै क्रममा लुटपाट गर्न गएक...
झुम्का कारागारबाट भागेका एक हजार १८५ कैदीबन्दी अझै फरार

झुम्का कारागारबाट भागेका एक हजार १८५ कैदीबन्दी अझै फरार

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदीमध्ये एक हजार एक सय ८५ जना अझै फरार छन् । अहिले ६ सय १४ जना कैदी कारागारमा छन् । ‘उक्त दिन एक हजार सात सय ९९ जना कैदीबन्दी कारागारमा थिए’, जेलर सुवास लामिछानेले भने, ‘हामीले सूचना जारी गरेर सम्पर्कमा आउन भनेका छौँ । केही आउने क्रममा पनि छन् । केही आइरहेका छन् ’ गत मङ्गलबार राति प्रदर्शनकारी कारागारमै पुगेर कैदीबन्दीलाई भगा...
इटहरीबाट दुईवटा ट्रकमा राखिएको अवस्थामा ५ हजार किलो गाँजा बरामद

इटहरीबाट दुईवटा ट्रकमा राखिएको अवस्थामा ५ हजार किलो गाँजा बरामद

विराटनगर । सुनसरीको इटहरीबाट ५ हजार किलो गाँजा बरामद भएको छ । आइतबार बिहानको राति करिब १ः३० बजे सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले सडकमा रोकेर राखेको २ वटा ट्रक चेकजाँच गर्दा १ सय ५८ बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको हो । ना ४ ख २९०१ नम्बरको ट्रकबाट १ सय २४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट गाँजा फेला परेको सशस्त्र प्रहरीले ...
धरानको भाटभटेनीमा जलेर चार जना खरानी

धरानको भाटभटेनीमा जलेर चार जना खरानी

विराटनगर । सुनसरीको धरानस्थित भाटभटेनी सुपरमार्केटमा जलेर चार जना खरानी भएका छन् । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते आगजनी र लुटपाटमा भित्र पसेका चार जना जलेर खरानी भएको अनुमान गरिएको छ । ‘दोस्रो तलामा एक जना र चौथो तलामा तीन जना जलेर खरानी भएको अवस्थामा भेटिएको छ’, इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले संगालोखबरसँग भने, ‘जलेर खरानी भएको अवस्थामा केही अंगमात्रै फेला परेको छ ।’ उ...
झुम्का कारागारबाट भागेका १४ कैदी धरानमा पक्राउ

झुम्का कारागारबाट भागेका १४ कैदी धरानमा पक्राउ

विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदी धरानबाट पक्राउ परेका छन् । धरान प्रहरीले नेपाली सेनाको सहयोगमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरू कर्तव्य ज्यान, बलात्कार, लागूऔषधसहितका जघन्य अपराधमा सजाय भोगिरहेका कैदीहरू छन् । पक्राउ परेका कैदीलाई इलाका प्रहरी कार्यालयको गाडीमा राखेर सेनाको कडा सुरक्षाका बीच झुम्का कारागार लगिएको छ । फरार कैदीको खोजी ...
धरानको भाटभटेनीमा जलेको अवस्थामा भेटियो शव

धरानको भाटभटेनीमा जलेको अवस्थामा भेटियो शव

विराटनगर । सुनसरीको धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको भाटभटेनीमा आज बिहान शव फेला परेको हो । भाटभटेनीको दोस्रो तलामा जलेको अवस्थामा कंकाल मात्रै फेला परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले जानकारी दिए । अहिलेसम्म शवको पहिचान खुल्न नसकेको डीएसपी जबेगुले बताए । ‘अन्य तीन जना पनि हराइरहेको भनेर जानकारी आएको छ’, डीएसपी जबेगुले...
इटहरीमा कर्फ्यु आदेश जारी

इटहरीमा कर्फ्यु आदेश जारी

विराटनगर । इटहरी उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी भएको छ । जेनजी पुस्ताले प्रदर्शनका क्रममा उपमहानगरपालिकामा आगजनी गर्नुका साथै ढुङ्गामुढा गरेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । प्रदर्शनकारीले मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित जिन्सी शाखामा आगजनी गरेका हुन् । अहिले पनि प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् । आगजनीका कारण उपमहानगरमा ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ । प...
इटहरीमा पनि चल्यो गोली

इटहरीमा पनि चल्यो गोली

विराटनगर । सुनसरीको इटहरीमा पनि गोली चलेको छ । जेनजीको प्रदर्शन तनावग्रस्त भएपछि गोली चलाएको प्रहरीले जनाएको छ । ‘अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास र हवाई फायर गरिएको हो’, सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले संगालोखबरसँग भने, ‘ अवस्था अहिले पनि तनावग्रस्त छ ।’ कति हवाई फायर भयो भन्ने खुल्न बाँकी छ । प्रदर्शनकारी इटहरी उपमहानगरपालिका प्रवेश गरेपछि हवाई फायर भएको जनाइएको छ । जेनजी...
सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते

सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते

सुनसरी । सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा एक जना बेपत्ता भएका छन् । बराहक्षेत्र नगरपालिका-१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित श्रीमान श्रीमतीलाई बगाएकोमा श्रीमान बेपत्ता भएका हुन् । खोलाले बगाउँदा सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी बेपत्ता भएका सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनकी श्रीमती २७ वर्षीय सिलु खड्गीलाई प्रहरीले उद्धार गरेको छ । उनको घरानस्थित बी...
सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन कैदीबन्दीको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारमा तीन दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएका कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दिउँसो अचानक बेहोस भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सप्तरीको राजविराज-८ का ४६ वर्षीय जलेश्‍वर यादवको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशा...
सुनसरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-५ बाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सागर राई छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले झुम्का बजारस्थित दिदीको घरमा बसिरहेको अवस्थामा उनलाई पक्राउ गरको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनको साथबाट एक सय पाँच ग्राम पाँच सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएक...
सुनसरीबाट लागूऔषधसहित एक जना पक्राउ

सुनसरीबाट लागूऔषधसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-४ का ४० वर्षीय इन्द्रबहादुर गुरुङ छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनको साथबाट १६ ग्राम तीन सय ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लौकहीबाट झुम्कातर्फ आउँदै गरेको बा ४६ प ८४०२ नम्बरको ...
सुनसरीको बर्जुमा धान खेतबाट ७५ किलो गाँजा बरामद

सुनसरीको बर्जुमा धान खेतबाट ७५ किलो गाँजा बरामद

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-४ स्थित धान खेतबाट प्रहरीले गाँजा बरामद गरेको छ । शुक्रबार साँझ गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा बोरामा पोको पारेर राखेको अवस्थामा गाँजा बरामद गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार पानीमा भिजेको अवस्थामा ७५ किलो गाँजा बरामद भएको छ । बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ । इलाका प्रहरी कार्यालय ...
धरानमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धरानमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१४ विजयपुर चोकमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक धरान-१४ का ३२ वर्षीय सन्दीप मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विजयपुर चोकबाट बुढासुब्वा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटो...
सुनसरीको बराहक्षेत्रमा फेसबुकमा स्टाटस लेखेकै आधारमा शिक्षकको सरुवा

सुनसरीको बराहक्षेत्रमा फेसबुकमा स्टाटस लेखेकै आधारमा शिक्षकको सरुवा

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ स्थित कोशी माध्यमिक विद्यालयका एक शिक्षकलाई फेसबुकमा स्टाटस लेखेको भन्दै सरुवाको कारबाही गरिएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका छन् । शुक्रबार फेसबुकमा स्टाटस लेखेका शिक्षक बालकृष्ण बोहोरालाई आइतबार विद्यालयमा हाजिर गर्न नदिएर काजमा अन्यत्र सरुवा गरिएको भनिएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका हुन् । शिक्षक बोहोरा आइतबार नियमित जाहिर गर्न विद्य...
सुनसरीको दुहबीमा करेन्ट लागेर कामदारको मृत्यु

सुनसरीको दुहबीमा करेन्ट लागेर कामदारको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-८ मा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुबही-८ मा बस्दै आएका ५० वर्षीय लक्ष्मण शर्मा छन् । जुट मिल छेउमा रहेको विश्वकर्मा इन्जिनियरिङ वर्कसप ग्यारेजमा काम गर्ने उनलाई आज बिहान करिब ११ बजे करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक...
सुनसरीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

सुनसरी । सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । शनिबार दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ बसपार्कबाट पैदल हिँडिरहेका दुई जनालाई पक्राउ गरेको छ । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का २२ वर्षीय लक्ष्मण कटवाल र सोही स्थानका २...
धरानबाट पोखरा जाँदै गरेको बसमा गुडियाभित्र गाँजा, धनकुटाका राई पक्राउ

धरानबाट पोखरा जाँदै गरेको बसमा गुडियाभित्र गाँजा, धनकुटाका राई पक्राउ

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ का ५० वर्षीय रुद्रबहादुर राई छन् । बिहीबार साँझ बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरानबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २१८७ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको हो । बसको डिकीबाट सात वटा गुडियामा लुकाएर राखेको अवस्थामा १० किलो नौ सय ४...
सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु

सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा धरौटी बुझाउ नसक्दा कारागार परेका २८ वर्षीय विकास राईको मृत्यु भएको हो । भोजपुरको हतुवागढी गाउँपालिका-८ घर भई धरान उपमहानगरपालिका-१२ बस्दै आएका राई आज बिहान एक्कासि बेहोस भएर ढलेपछि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको झम्का कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए । ‘बेलुका औषधी खाएर सुते...
सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ

सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ

सुनसरी । सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी-५ का ३२ वर्षीय विशाल लिम्बू र ३५ वर्षीय गणेश तामाङ छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार इनरुवा-४ स्थित बसपार्कमा चेकजाँचका क्रममा लागूऔषध ब्राउन सुगर बरामद भएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार राति पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १-०२-०५१ ...
error: Content is protected !!