विराटनगरमा एमालेको प्रदर्शन 

विराटनगरमा एमालेको प्रदर्शन 

विराटनगर । नेकपा एमालेले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएपछि त्यसको विरोधमा एमालेले विराटनगरमा प्रदर्शन गरेको हो । पार्टी कार्यालय पाञ्चालीबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई एमाले मोरङका उपाध्यक्ष सागर थापा, केन्द्रीय सदस्य पर्शुराम बस्नेत लगायतले सम्बोधन गरेका छन् । उनीहरूले अध...
विराटनगरको नेपाल बिजनेश कलेजले लाइभ कन्सर्ट गर्दै

विराटनगरको नेपाल बिजनेश कलेजले लाइभ कन्सर्ट गर्दै

विराटनगर । विराटनगरको नेपाल बिजनेश कलेजले आगामी अप्रिल १० तारिखमा लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ । जैन भवनमा हुने कार्यक्रममा ‘एमटि ८८४८’ ब्यान्डको प्रस्तुती रहने कलेजले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो शैक्षिक पाठ्यक्रमको प्रयोगात्मक अभ्यासका रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन् । कन्सर्टको यो तेस्रो संस्करण हो । कलेजकी निर्द...
मोरङ, झापा र सुनसरीबाट पन्छीजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध

मोरङ, झापा र सुनसरीबाट पन्छीजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध

विराटनगर । मोरङ, सुनसरी र झापाका विभिन्न कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि प्रशासनले उच्च सतर्कता अपनाउँदै पन्छीजन्य पदार्थको ढुवानीमा रोक लगाएको छ । रोग पुष्टि भएका क्षेत्रहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका कार्यहरू अघि बढाइएकाले संक्रमण थप फैलिन नदिन प्रशासनले कडाइ गरेको हो । पशु सेवा विभागको पछिल्लो निर्णयअनुसार संक्रमण देखिएका मोरङ, झापा र सुनसरी जिल्लाहरूबाट कम्...
विराटनगरमा सुरु भयो घर निर्माण सम्बन्धी प्रदर्शनी, १६ गतेसम्म के-के हुन्छ ?

विराटनगरमा सुरु भयो घर निर्माण सम्बन्धी प्रदर्शनी, १६ गतेसम्म के-के हुन्छ ?

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा आजदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । जैन भवनमा आयोजना गरिएको प्रदर्शनीको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्‌घाटन गरेका छन् । मुख्यमन्त्री कार्कीले घर निर्माणका सन्दर्भमा आम उपभोक्तालाई सही जानकारी दिन यस्ता कार्यक्रमले ठुलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनले प्रदेशमा व्यवस्थित प्रदर्शनी स्थल एक्स्पो सेन्टरको अभा...
मोरङको कानेपोखरीमा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

मोरङको कानेपोखरीमा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा कानेपोखरी गाउँपालिका-७ का ५८ वर्षीय वीरेन्द्र कार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार को १ ख ६३३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहान ७ः४० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्र...
विराटनगरमा पेट्रोल छर्किएर महिलाले शरीरमा आगो लगाइन्, सिलिन्डर विस्फोट भएको भन्दै ढाँटियो

विराटनगरमा पेट्रोल छर्किएर महिलाले शरीरमा आगो लगाइन्, सिलिन्डर विस्फोट भएको भन्दै ढाँटियो

विराटनगर । विराटनगर-१४ जतुवामा ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएकी भनिएकी महिलाले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएको खुलेको छ । आज बिहान करिब १० बजेतिर ४२ वर्षीया निर्मला खत्रीले शरीरमा पेट्रोल खन्याएर आगो लगाएको खुलेको हो । आगो निभाउने क्रममा छोरा १९ वर्षीय धीरज पनि घाइते भएका छन् । निर्मलाको शरीरको करिब १८ प्रतिशत भाग जलेको छ भने छोरा धीरजको करिब ५ प्रतिशत शरीरको भाग जलेको प्रहरीले जना...
मोरङका चार स्थानीय तहमा बर्डफ्लु : पंक्षीजन्य वस्तुको ओसार-पसारमा प्रतिबन्ध

मोरङका चार स्थानीय तहमा बर्डफ्लु : पंक्षीजन्य वस्तुको ओसार-पसारमा प्रतिबन्ध

विराटनगर । मोरङका चारवटा स्थानीय तहका कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । सुन्दरहरैँचा नगरपालिका-४, उर्लाबारी नगरपालिका-८, कटहरी गाउँपालिका-६ र विराटनगर-४ मा बर्डफ्लु पुष्टि भएको हो । प्रयोगशाला परीक्षणबाट संक्रमणको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले उक्त क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बर्डफ्लु मानिसमा समेत सर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बर्डफ्लु नि...
विराटनगरको जतुवामा ग्यास सिलिन्डर विस्फोट हुँदा आमा-छोरा घाइते

विराटनगरको जतुवामा ग्यास सिलिन्डर विस्फोट हुँदा आमा-छोरा घाइते

विराटनगर । विराटनगर महानगरपालिका-१४ जतुवामा ग्यास सिलिन्डर विस्फोट हुँदा आमा-छोरा घाइते भएका छन् । आज बिहान १० बजेतिर खाना पकाइरहेको अवस्थामा स्थानीय टंक खत्रीको घरमा ग्यास सिलिन्डर विस्फोट भएको हो । ग्यास विस्फोट हुँदा ४२ वर्षीया निर्मला खत्री र उनका छोरा १९ वर्षीय धीरज घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निर्मलाको अनुह...
विराटनगरमा पतिले नै हत्या गरेर कल्भर्टमा फ्याँकेका थिए पत्नीको शव

विराटनगरमा पतिले नै हत्या गरेर कल्भर्टमा फ्याँकेका थिए पत्नीको शव

विराटनगर । विराटनगर महानगरपालिका-१५ हर्ताली हाटका रोशन साहले पत्नीको हत्या गरेर शव कल्भर्टमा फ्याँकेको खुलेको छ । मंगलबार साँझ विराटनगर-१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि पानीभित्र फालिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट साहले ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरेर हातखुट्टा बाँधेर तन्नाले बेरेर कल्भर्टमा शव फ्याँकेको खुलेको हो । शव फ्याँक...
विराटनगरमा दुबै खुट्टा बाँधेर तन्नाले बेरेर फ्याँकेको अवस्थामा शव फेला

विराटनगरमा दुबै खुट्टा बाँधेर तन्नाले बेरेर फ्याँकेको अवस्थामा शव फेला

विराटनगर । विराटनगर महानगरपालिका-१७ स्थित वडा कार्यालय र छाला उद्योग नजिककैको कल्भर्ट मुनि शव फेला परेको छ । आज साँझ दुबै खुट्टा बाँधेर तन्नाले बेरेर फ्याँकेको अवस्थामा शव फेला परेको हो । ‘दुबै खुट्टा बाँधेर तन्नाले बेरेर फ्याँकेको अवस्थामा शव फेला परेको छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले संगालोखबरसँग भने, ‘अहिले कल्भर्टबाट शव निकालेर आवश्यक कानुनी प्रकिया पूरा गर्ने काम भइरहे...
विराटनगर महानगरले नियन्त्रणमा लियो केशलिया खोलामा फोहोर फ्याल्ने ट्याङ्कर 

विराटनगर महानगरले नियन्त्रणमा लियो केशलिया खोलामा फोहोर फ्याल्ने ट्याङ्कर 

विराटनगर । विराटनगर महानगरपालिकाले वातावरणीय प्रदूषण नियन्त्रणमा कडाइ गर्दै केशलिया खोला तथा आसपासका कृषि क्षेत्रमा शौचालयजन्य फोहोर फ्याल्ने तीन वटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । आज दिउँसो विराटनगर-६ स्थित केशलिया खोलामा फोहोर फ्याँकिरहेको अवस्थामा नगर प्रहरीले को १ त ३८८३, को १ त ९४०२ र को २ त ४३७० नम्बरका ट्याङ्कर नियन्त्रणमा लिएको हो । महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार सार्वजनिक स्...
मोरङको लेटाङमा हिरासत कक्षभित्र पुस्तकालय स्थापना

मोरङको लेटाङमा हिरासत कक्षभित्र पुस्तकालय स्थापना

विराटनगर । मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षभित्र पुस्तकालय स्थापना गरिएको छ । थुनुवाको हातहातमा किताब अभियान सुरु गरेको प्रहरी कार्यालयले सोमबार पुस्तकालय स्थापना गरेको  हो । पुस्तकालय स्थापनाका लागि लेटाङ नगरपालिका-३ मा रहेको न्यु श्याम पुस्तक भण्डारले २२ थान  पुस्तक पनि उपलब्ध गराएको छ ।  इलाका प्रहरी कार्यालय लेटाङमा १० जना थुनुवा छन् । यसअघि जिल्ला प्रहरी कार्यालय मोरङक...
मोरङको पथरीशनिश्चरेमा मोटरसाइकल ग्यारेजमा आगलागी

मोरङको पथरीशनिश्चरेमा मोटरसाइकल ग्यारेजमा आगलागी

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । मन्दिर लाइनस्थित कृष्ण थापाको घरमा भाडामा सञ्चालन हुँदै आएको मोटरसाइकल ग्यारेजमा गएराति आगलागी भएको हो । पथरीशनिश्चरे-२ का खिलबहादुर परियारले सञ्चालन गर्दै आएको ग्यारेजका २ सटर कोठामा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा करिब राति ११ बजे आ...
दलित र गैरदलितबीचको खाडल पुर्न राज्यको लगानी आवश्य पर्नेमा जाेड

दलित र गैरदलितबीचको खाडल पुर्न राज्यको लगानी आवश्य पर्नेमा जाेड

विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश र दलित महिला संघ (फेडो) को आयोजनामा विराटनगरमा ‘कोशी प्रदेशमा दलितको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । ‘जातीय विभेद अन्त्यका लागि राजनीतिक दृढ इच्छाशक्ति सशक्त बनाऔं’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित ६१औँ अन्तर्राष्ट्रिय...
बुढीगंगाको न्यू सेभ कराँते एकाडेमीका गुरु पुष्कर राना मगर पक्राउ

बुढीगंगाको न्यू सेभ कराँते एकाडेमीका गुरु पुष्कर राना मगर पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालित न्यू सेभ कराँते एकेडेमीका गुरु पुष्कर राना मगर पक्राउ परेका छन् । बुढीगंगा-२ घर भएका उनलाई आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले चैत ६ गते नियन्त्रणमा लिएको हो । नरग्राम माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बुढीगंगा-२ की १६ वर्षीया सुरक्षा विश्वकर्माले माघ १४ गते प्राणत्याग गरेकी थिइन् । बालिकाको परिवारले दिएको जाहेरीका आधारमा मगरलाई पक्राउ गरि...
विराटनगरमा पनि बर्डफ्लु संक्रमण

विराटनगरमा पनि बर्डफ्लु संक्रमण

विराटनगर । विराटनगरमा पनि बर्डफ्लु संक्रमण पुष्टि भएको छ । आइतबार विराटनगर-४ स्थित दाहाल कृषि फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको हो । यसअघि सुन्दरहरैंचा र उर्लाबारी एक/एक तथा कटहरीका दुई वटा फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो । यस्तै झापामा पनि बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ । केहिदिनको अन्तरालमै मोरङका पाँच स्थानमा बर्डफ्लु संक्रमण भएको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...
मोरङको सुन्दरहरैंचामा नालीभित्र भेटियो युवकको शव

मोरङको सुन्दरहरैंचामा नालीभित्र भेटियो युवकको शव

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-२ हिमाल चोकमा नालीभित्र एक युवकको शव फेला परेको छ । आज बिहान घोप्टो परेको अवस्थामा स्थानीय ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारीको शव फेला परेको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार घटनास्थल नजिकै साइकल पनि फेला परेको छ । रातको समयमा साइकल चढेर घर जाने क्रममा अधिकारी नालीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । नाली ग...
सुनसरीले जित्यो ‘अनिल-मीन’ क्रिकेट प्रतियोगिताको उपाधि

सुनसरीले जित्यो ‘अनिल-मीन’ क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा पहिलो पटक भएको ‘अनिल-मीन’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आज भएको तेस्रोे खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २-१ ले सुनसरीले उपाधि जितेको हो । पहिलो खेल मोरङसँग ५९ रनले पराजित भएको सुनसरीले दोस्रो खेल २१ रनले जितेको थियो । टस जितेर ब्याटिङ गरेको सुनसरीले खरा...
राम नवमीमा विश्व हिन्दु परिषदले विराटनगरमा मोटरसाइकल र्‍याली निकाल्ने

राम नवमीमा विश्व हिन्दु परिषदले विराटनगरमा मोटरसाइकल र्‍याली निकाल्ने

विराटनगर । विश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश तथा युवा परिषद् विराटनगरले राम नवमीको दिन वृहत मोटरसाइकल र्‍याली निकाल्ने भएका छन् । आज परिषद्ले विराटनगरमा पत्रकार सम्मेलन गर्दै चैत १३ गते राम नवमीका दिन मोटरसाइकल र्‍याली निकालिने जानकारी दिएको हो । यस्तै चैत्र १९ गते हनुमान जन्मोत्सवमा रथसहितको भव्य शोभायात्रा निकालिने परिषद्का कोशी प्रदेश अध्यक्ष देवेन्द्र गुप्ताले जानकारी दिए । हिन्दु धर्मप...
विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, अध्यक्षमा पोखरिया माविका प्रअ सर्वसम्मत

विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, अध्यक्षमा पोखरिया माविका प्रअ सर्वसम्मत

विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरिएको छ । विराटनगर महानगरपालिका अन्तर्गतका प्रधानाध्यापकहरूको भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिमा सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराई उपाध्यक्ष, व...
रंगेलीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रंगेलीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ पोखरी टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रंगेली-५ का २१ वर्षीय सन्जु मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार सोही स्थानका अनर्जित मण्डलको नोबेल अस्पता...
मोरङबाट १८ हजार १७५ विद्यार्थीले एसईई दिँदै

मोरङबाट १८ हजार १७५ विद्यार्थीले एसईई दिँदै

विराटनगर । मोरङबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १८ हजार बढी विद्यार्थी सहभागि हुँदैछन् । चैत १९ देखि २८ गतेसम्म सञ्चालन हुने परीक्षामा मोरङबाट १८ हजार १७५ जना विद्यार्थी सहभागि हुने भएका छन् । साधारण धारतर्फ १६ हजार ६२०, प्राविधिक धारतर्फ ६२६ र ग्रेड वृद्धितर्फ ९२९ विद्यार्थी सहभागि हुनेछन् । छात्राको सङ्ख्या ९ हजार ५ र छात्रको सङ्ख्या ९ हजार १७० रहेको छ । मोरङमा जम्मा ६१ वटा परीक्षा केन्...
मोरङको रतुवामाईमा बुबाको हत्या गरेर फरार भएका छोरा डेढ महिनापछि पक्राउ

मोरङको रतुवामाईमा बुबाको हत्या गरेर फरार भएका छोरा डेढ महिनापछि पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाटका ४९ वर्षी श्रवणकुमार सहनी पक्राउ परेका छन् । आफ्नै बुबाको हत्या गरेर फरार भएका उनलाई डेढ महिनापछि प्रहरीले पक्राउ गरेको हो । उनलाई आज झापाको गौरीगन्ज गाउँपालिका-६ देवीगन्जबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार श्रवणकुमारले घरायसी विवादका क्रममा गत माघ २० गते साँझ आफ्नै बुवा ७० वर्षीय...
‘अनिल-मीन’ ट्रफी क्रिकेटमा सुनसरीको विजयी सुरुवात

‘अनिल-मीन’ ट्रफी क्रिकेटमा सुनसरीको विजयी सुरुवात

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा पहिलो पटक आयोजना गरिएको ‘अनिल-मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरी विजयी भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा मोरङलाई २१ रनले पराजित गर्दै सुनसरी विजयी भएको हो । जितसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ । अन्तिम खेल भोलि हुने छ । टस जितिर ब्याटिङ गरेको सुन्सरीले निर्धारित ५० ओभरको खेलमा ३४ दशमलव ४...
भीषण हावाहुरीको सम्भावनापछि पोखरिया माविको परीक्षा स्थगित

भीषण हावाहुरीको सम्भावनापछि पोखरिया माविको परीक्षा स्थगित

विराटनगर । जल तथा मौसम विज्ञान विभागले भोलि शनिबार तीव्र हावाहुरी आउनसक्ने चेतावनी दिएपछि विराटनगरको पोखरिया माध्यमिक विद्यालयले परीक्षा स्थगित गरेको छ । विद्यालयले भोलिका लागि तय गरेको कक्षा ४, ५ र ८ को वार्षिक परीक्षा स्थगित गरेको हो । विद्यालयले आज सूचना जारी गर्दै भोलि निर्धारण गरिएको परीक्षा स्थगित गरेको जानकारी गराएको छ । चैत ८ गतेदेखि हुने अन्य परीक्षाहरू यथावत पूर्वपरीक्षा तालिका अनुसा...
विराटनगरमा तीव्र हावाहुरीको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

विराटनगरमा तीव्र हावाहुरीको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

विराटनगर । जल तथा मौसम विज्ञान विभागले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार भोलि शनिबार मोरङ जिल्ला (विशेषगरी विराटनगर क्षेत्र) मा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र हावाहुरी चल्ने सम्भावना छ । प्रि-मनसुनको अवधि समेत रहेकाले यो शक्तिशाली हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना र घरका छानाहरू उड्ने तथा विद्युत एवं सञ्चार सेवा पूर्णरूपमा प्रभावित हुन सक्ने जोखिम देखिएप...
मोरङको सुन्दरहरैँचामा बर्डफ्लु पुष्टि : कुखुरा ओसार-पसारमा रोक

मोरङको सुन्दरहरैँचामा बर्डफ्लु पुष्टि : कुखुरा ओसार-पसारमा रोक

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु रोग पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उक्त फार्म तथा आसपासका क्षेत्रका कुखुराहरूमा समेत संक्रमणको लक्षण देखिएर मृत्यु हुन थालेपछी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना जारी गर्दै कुखुरा ओसार-पसारमा रोक लगाइएको जनाएका छन् । संक्रमणलाई थप फैल...
मोरङको गोठगाउँमा गम्भीर अवस्थामा भेटिएका पुरुषको मृत्यु

मोरङको गोठगाउँमा गम्भीर अवस्थामा भेटिएका पुरुषको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँमा गम्भीर घाइते अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला परेका बेलबारी नगरपालिका-९ का ३२ वर्षीय पंकज साहको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लिलाराज लामिछानेका अनुसार साह आज बिहान करिब ६ः१५ बजे गम्भीर घाइते अवस्थामा फेला परेका थिए । दायाँतर्फको पूरै भाग, टाउको र अनुहारलगायत शरीरभरि...
विराटनगरबाट अवैध कपडासहित दुई जना पक्राउ

विराटनगरबाट अवैध कपडासहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट पाँच लाख ११ हजार पाँच सय मूल्य बराबरको अवैध कपडा बरामद भएको छ । भारतबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले कपडा बरामद गरेको हो । विराटनगरको बरगाछीमा को २ ह ५७८३ नम्बरको अटोमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको कुर्तासुरुवाल नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । जसको मूल्य अन्दाजी चार लाख ३२ हजार रहेको प्रहरीले जनाए...
चलचित्र पत्रकार संघ मोरङको अध्यक्षमा पुनः देवान, यस्तो छ नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघ मोरङको अध्यक्षमा पुनः देवान, यस्तो छ नयाँ कार्यसमिति

विराटनगर । चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखाको अध्यक्षमा पुनः प्रेम देवान चयन भएका छन् । विराटनगरमा आज सम्पन्न दोस्रो अधिवेशनले देवानलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा हुसेन सेख, अनुज सापकोटा र पवन साह चयन छन् । त्यसैगरी सचिवमा सन्तोष बास्तोला, सह-सचिवमा सरिता कर्मकार र अफताव अलि तथा कोषाध्यक्षमा कमलेश यादव चयन भए । कार्यसमिति सदस्यमा दीपेन्द्र साह, जुगेस दास, स...
‘अनिल-मीन’ ट्रफी क्रिकेटमा मोरङको विजयी सुरुवात

‘अनिल-मीन’ ट्रफी क्रिकेटमा मोरङको विजयी सुरुवात

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा पहिलो पटक आयोजना गरिएको ‘अनिल-मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा मोरङले पहिलो जित निकालेको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आजबाट सुरु भएको प्रतियोगितामा सुनसरीलाई ५५ रनले पराजित गर्दै मोरङले पहिलो जित हात पारेको हो । टस जितिर ब्याटिङ गरेको मोरङ निर्धारित ५० ओभरको खेलमा २७ दशमलव ३ बलमा सवै विकेट गुमाउँदै १ सय १४ रनमा अलआउट भय...
error: Content is protected !!