मोरङबाट बालबालिका हराउने क्रम बढ्यो, धेरैको अवस्था अज्ञात
विराटनगर । दिनहुँ जसो बालबालिका हराएका सूचना सामाजिक सञ्जालमा देखिन्छन् । प्रहरीमा पनि खोजीका लागि निवेदन दिइन्छ । तर फेला परेको जानकारी कमै मात्र पाइन्छ । मोरङमा पनि बालबालिका हराउने क्रम बढेको छ । कतिपय विद्यालयबाटै र कतिपय घरबाटै बेपत्ता हुने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको हालसम्म २४ जना बालक र ९१ जना बालिका गरी ११५ जना हराएका छन् । जसमध्य...






























