
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालित न्यू सेभ कराँते एकेडेमीका गुरु पुष्कर राना मगर पक्राउ परेका छन् । बुढीगंगा-२ घर भएका उनलाई आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले चैत ६ गते नियन्त्रणमा लिएको हो ।
नरग्राम माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बुढीगंगा-२ की १६ वर्षीया सुरक्षा विश्वकर्माले माघ १४ गते प्राणत्याग गरेकी थिइन् । बालिकाको परिवारले दिएको जाहेरीका आधारमा मगरलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
सोही एकेडेमीमा कराँते सिक्दै आएकी उनीमाथि मगरले ब्ल्याकमेलिङ गरेको आरोप छ । रानामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले संगालोखबरलाई जानकारी दिए ।
‘अनुसन्धानको क्रम जारी छ’, उनले भने, ‘थप अनुसन्धानपछि बाँकी कुरा थाहा हुन्छ । घटनापछि परिवारले आफूहरूले न्याय पाउनुपर्ने बताउँदै आएका छन् । सोही एकेडेमीमा कराँते सिक्दै आएकी अर्की बालिकाले पनि प्राण त्याग गरेको खुलेको छ ।

संगालोखबर 

















