
विराटनगर । मोरङको कानेपोखरीमा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा कानेपोखरी गाउँपालिका-७ का ५८ वर्षीय वीरेन्द्र कार्कीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार को १ ख ६३३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहान ७ः४० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
टिपर चालक कानेपोखरी-५ का २९ वर्षीय अभिषेक दर्जीलाई नियन्त्रणमा लिइएको मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 



















