मोरङ ‘ए’ डिभिजन च्याम्पियन सम्राट स्पोर्टिङ क्लब पहिलो पटक विराट गोल्डकप खेल्दै

मोरङ ‘ए’ डिभिजन च्याम्पियन सम्राट स्पोर्टिङ क्लब पहिलो पटक विराट गोल्डकप खेल्दै

विराटनगर । मोरङ जिल्लाको सम्राट स्पोर्टिङ क्लब पहिलो पटक ‘विराट गोल्डकप’ मा सहभागि हुने भएको छ । जिल्लास्तरको उच्च श्रेणीको फुटबलमा ८ पटकसम्म ‘ए’ डिभिजन च्याम्पियन बनेर आफ्नो दबदबा कायम राखेको सम्राटले पहिलो पटक घरेलु टोलीका रूपमा सहभागिता जनाउन लागेको हो । जिल्लास्तरका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको यस क्लबका लागि विराट गोल्डकपमा डेब्यु गर्नुलाई एक ऐतिहासिक उपलब्धिका रूपमा हेर...
विराटनगरमा पाँचौँ संस्करणको ‘इक्वालिटी कप क्रिकेट’ प्रतियोगिता हुँदै

विराटनगरमा पाँचौँ संस्करणको ‘इक्वालिटी कप क्रिकेट’ प्रतियोगिता हुँदै

विराटनगर । महिला क्रिकेटको विकास गर्ने उद्देश्यका साथ विराटनगरमा भोलिदेखि पाँचौँ संस्करणको ‘इक्वालिटी कप क्रिकेट’ प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजना तथा म्यारिलिबोन क्रिकेट क्लब फाउन्डेसन, क्रिकेट विथआउट बाउन्ड्रीज र क्रिकेट युनाइटेडको सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । चैत २७ गतेदेखि ३० गतेसम्म चल्ने उक्त प्रतियोगिता विराटनगर-६ स्थित म्यारिलिबोन विराटनगर ज्वाल...
विराटनगरको आर्या न्युरोमा उपचारपछि धनकुटाका गंगाशेरले पाए नयाँ जीवन

विराटनगरको आर्या न्युरोमा उपचारपछि धनकुटाका गंगाशेरले पाए नयाँ जीवन

विराटनगर । विराटनगरको आर्या न्युरो हस्पिटलमा जटिल ब्रेन ट्युमरको सफल उपचार भएको छ । सफल उपचारपछि धनकुटाका ४८ वर्षीय गंगाशेर राईले नयाँ जीवन पाएका छन् । राईका लागि विगत केही महिना निकै कष्टकर रह्यो । टाउको दुख्ने समस्याले सताउनु त छँदै थियो, विस्तारै उनको एउटा आँखामा पनि समस्या हुँदै गयो । रोगको पहिचान र उपचारको खोजीमा भौँतारिएका राई विराटनगरको कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटल आएर स्वास्थ्य प...
विराट गोल्डकपको तयारी अन्तिम चरणमा, कुन-कुन टिम सहभागि हुँदैछन् ?

विराट गोल्डकपको तयारी अन्तिम चरणमा, कुन-कुन टिम सहभागि हुँदैछन् ?

विराटनगर । आगामी चैत २८ गतेदेखि हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख ५ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो । विराट गोल्ड कप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी गराएको छ । ‘फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप’ नाराका साथ हुन लागेको प्रतियोगितामा ...
कोशी प्रदेशको आमसञ्चार विधेयक पारित

कोशी प्रदेशको आमसञ्चार विधेयक पारित

विराटनगर । कोशी प्रदेशसभाको बैठकले ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव सभाबाट सर्वसम्मत पारित भएको हो । विधेयकको संशोधन प्रस्तावमाथि छलफल भई तयार भएको प्रतिवेदन न्याय प्रशासन तथा विधायन समितिका तर्फबाट सभापति कमला द...
नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न आठौँ प्रदेश सभा तथा निर्वाचनमार्फत राउत दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । राउतले कुल मतको ६९ दशमलव ७२ प्रतिशत मत प्राप्त गरेका छन् । जिल्ला नगर संघतर्फको ३८ मध्ये २४, एसोसिएटतर्फ १४७ मध्ये १०७ र वस्तुगततर्फको १९ मध्ये राउतले ११ मत प्राप्त गरेका छन...
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

कानेपोखरीमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा कानेपोखरी-५ का अन्दाजी ६० वर्षीय नरेश काफ्लेको मृत्यु भएको हो । रंगेलीबाट रमाइलोतर्फ आउँदै गरेको मे ६ प ५९४ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई शनिबार दिउँसो ४ः३० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थिय...
मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्नेमा जाेड

मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्नेमा जाेड

विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश संयोजक मनोहर पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताएका छन् । इन्सेक र दलित महिला संघ (फेडो) को आयोजनामा विराटनगरमा आज आयोजित `दलितमाथि विभेदको अवस्था र मानव अधिकार रक्षक सञ्जालको भूमिका´ विषयक कार्यक्रममा पोखरेलले समाजमा विभेदका घटनाहररू रहेसम्म मानवअधिकार हननका घटना ह...
विराटनगरमा सफारी चलाउन लाइसेन्स र सुरक्षित चालक ज्याकेट अनिवार्य गरिदैँ

विराटनगरमा सफारी चलाउन लाइसेन्स र सुरक्षित चालक ज्याकेट अनिवार्य गरिदैँ

विराटनगर । दुर्घटना न्यूनिकरणका लागि विराटनगरमा सञ्चालित सिटी सफारीलाई थप व्यवस्थित गरिने भएको छ । सफारी चलाउन अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आज विराटनगरमा आयोजना गरेको ‘नागरिक सुनुवाइ’ कार्यक्रममा यस्तो निर्णय गरिएको हो । बिना लाइसेन्स जथाभावी सफारी चलाउँदा सडक सुरक्षामा चुनौती थपिएको र दुर्घटनाको जोखिम बढेको भन्दै सरोकारवा...
विराटनगरको यातायात कार्यालयमा सरकारी छाप दस्तखत किर्ते, लेखापढी व्यवसायी पक्राउ

विराटनगरको यातायात कार्यालयमा सरकारी छाप दस्तखत किर्ते, लेखापढी व्यवसायी पक्राउ

विराटनगर । विराटनगरस्थित यातायात कार्यालयको सरकारी छाप र अधिकृतको दस्तखत किर्ने गरेर सेवाग्राहीहरूलाई ठग्ने काम भएको खुलेको छ । किर्ते काममा संलग्न विराटनगर ६ का ३७ वर्षीय कमलकुमार स्वर्णकारलाई प्रहरीले पक्राउ गरेपछि घटनाको रहस्य पत्ता लागेको हो । लेखापढी काम गर्दै आएका स्वर्णकारले को ३९ प ९५७९ नं. को मोटरसाइकलको ब्लुबुक नवीकरण गरेको भनी यातायात कार्यालयको नक्कली छाप र छैटौँ अधिकृतको छाप दस्तखत...
जेनजी आन्दोलनमा पथरी हिरासतबाट भागेका दुई जना पक्राउ

जेनजी आन्दोलनमा पथरी हिरासतबाट भागेका दुई जना पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय पथरी मोरङको हिरासतबाट भागेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका-३ का २४ वर्षीय सुवर्ण राई र सोही स्थानका २१ वर्षीय सुमन राई छन् । उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । उनीहरू लागूऔषध मुद्दाको अनुसन्धानका लागि हिरासतमा थिए । दुवै जनालाई इलाका प्रहरी क...
चैत २८ गतेबाट विराट गोल्डकप, प्रतियोगितामा ८ टिम सहभागि हुने

चैत २८ गतेबाट विराट गोल्डकप, प्रतियोगितामा ८ टिम सहभागि हुने

विराटनगर । विराटनगरको ऐतिहासिक फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ आगामी चैत २८ गतेबाट सुरु हुने भएको छ । बैशाख ५ गतेसम्म हुने प्रतियोगितामा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीको सहभागिता जनाउने भएका छन् । आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार गोल्डकपमा मोरङ जिल्लाको लिग विजेता टोली सम्राट स्पोर्टिङ क्लबले चौथो खेलका क्रममा नयाँ वर्षको पहिलो दिन वैश...
विराटनगरको भानु कलेजका उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगरको भानु कलेजका उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरको  भानु  कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाई गरेको छ । कलेजले विज्ञान र व्यवस्थापन संकायका ३ सयभन्दा बढी विद्यार्थीहरूलाई बिदाई  गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल मोहन श्रेष्ठले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको शुभकामना व्यक्त गरे । उनले कलेजले प्रदान गरेको गुणस्तरीय शिक्षालाई आगामी परीक्षा र व्यावहारिक जीवनमा समेत सकारात्मक रूपमा प्रयोग गर...
विराटनगरमा ‘साइक्लोथन’ प्रतियोगिता हुँदै, कति छ पुरस्कार ? 

विराटनगरमा ‘साइक्लोथन’ प्रतियोगिता हुँदै, कति छ पुरस्कार ? 

विराटनगर । विराटनगरमा शनिबार ‘साइक्लोथन’ प्रतियोगिता हुने भएको छ । रोटरी क्लब अफ विराटनगर फ्युजनले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । रोटरी क्लब अफ विराटनगर फ्युजनकी अध्यक्ष सोनिया गुप्ता चौधरीले पुरुषतर्फ गियर र गियर बिना तथा महिलातर्फ खुला साइक्लोथनको प्रतियोगिता हुने जानकारी दिइन् । प्रतियोगितामा सहभागि हुनेले विराटनगर महानगरपालिकाभित्र १५ किलोमिटर यात्रा पूरा ...
बैशाख २ गतेदेखि राष्ट्रिय आर्थिक गणना हुँदै, मोरङमा तयारी तीव्र

बैशाख २ गतेदेखि राष्ट्रिय आर्थिक गणना हुँदै, मोरङमा तयारी तीव्र

विराटनगर । बैशाख २ देखि असार ७ गते सम्म देशभर हुने राष्ट्रिय आर्थिक गणनाको तयारी मोरङमा तीव्र पारिएको छ । १७ स्थानीय तह रहेको मोरङमा आर्थिक गणना कार्यालय (क) र (ख) स्थापना गरि तयारी तीव्र पारिएको हो । आर्थिक गणनाका लागि फिल्डमा सुपरीवेक्षक र गणक गरि १७८ जना परिचालन हुने भएका छन् । गणकहरूको छनौट कार्य अन्तिम चरणमा रहेको जिल्ला आर्थिक गणना कार्यालय मोरङका प्रमुख सुवास अधिकारीले जानकारी दिए । गणक...
विराटनगरबाट दिउँसै चोरी भयो खसी

विराटनगरबाट दिउँसै चोरी भयो खसी

विराटनगर । विराटनगरबाट दिउँसै खसी चोरी भएको छ । विराटनगर-१२ स्थित तुलसा तामाङको करेसाबारीबाट खसी चोरी भएको हो । विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्रीले खसी चोरी हुँदै गरेको फोटो (सीसीक्यामेरा फुटेज) सामाजिक सञ्जालमा पोष्ट गर्दै पहिचानको लागि सहयोगको अपिल गरेका छन् । तामाङले मंगलबार दिउँसो २ बजेतिर खसी चोरी भएको बताइन् । ‘खोर सफा गर्ने क्रममा करेसाबारीमा खसीलाई निकालिएको थियो’, उनले भनिन्,...
विराटनगरमा लागूपदार्थ सेवन गरेर सफारी चलाउने १० चालक पक्राउ

विराटनगरमा लागूपदार्थ सेवन गरेर सफारी चलाउने १० चालक पक्राउ

विराटनगर । विराटनगरमा लागूपदार्थ सेवन गरेर सफारी चलाउने गरेको पाइएको छ । विराटनगर-१५ स्थित हुलास चोकमा प्रहरीले चालकहरूमा गरेको चेकजाँचका क्रममा लागूपदार्थ सेवन गरेर सफारी चलाउने १० जना चालक पक्राउ परेका छन् । सोही क्रममा एक जना मोटरसाइकल चालकलाई पनि पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । पक्राउ पर्नेहरूमा विराटनगर-१७ का सारुड मियाँ, १६ का अमृत कामत, ...
विराटनगरबाट ९६० किलो हल्दी र २९७ किलो मरीच बरामद

विराटनगरबाट ९६० किलो हल्दी र २९७ किलो मरीच बरामद

विराटनगर । विराटनगर-१६ हुलास चोकबाट प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा हल्दी र मरिच बरामद गरेको छ । भारतबाट भारतबाट भन्सार छली अवैध रूपमा नेपाल ल्याउँदै गरेको अवस्थामा ठुलो परिमाणको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिएको हो । भारतबाट चोरी पैठारी गरी ल्याइँदै गरेको अवस्थामा ९६० किलो हल्दी र २९७ किलो मरीच बरामद गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । अवैध सा...
एसईईमा खटिने केन्द्राध्यक्षहरूद्वारा पारिश्रमिक भत्ता वृद्धि गर्न माग 

एसईईमा खटिने केन्द्राध्यक्षहरूद्वारा पारिश्रमिक भत्ता वृद्धि गर्न माग 

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा खटिने मोरङमा केन्द्राध्यक्षहरूले दैनिक पारिश्रमिक भत्ता वृद्धिको माग गरेका छन् । सोमबार ६१ केन्द्राध्यक्षहरूले भत्ता वृद्धिको माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाल मार्फत राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले दैनिक पारिश्रमिक भत्ता अत्यन्तै न्यून रहेको बताएका छन् । प्रतिदिन  केन...
घर निर्माण प्रदर्शनी सम्पन्न, ५ स्टललाई ‘एक्सिलेन्स अवार्ड’

घर निर्माण प्रदर्शनी सम्पन्न, ५ स्टललाई ‘एक्सिलेन्स अवार्ड’

विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको घर निर्माण प्रदर्शनी सम्पन्न भएको छ । कोशी प्रदेशमा पहिलो पटक आयोजना गरिएको प्रदर्शनी सोमबार सम्पन्न भएको हो । प्रदर्शनीमा सहभागी ८० भन्दा बढी स्टलमध्ये विभिन्न विधामा उत्कृष्ट ५ स्टललाई ‘एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै कार्यक्रम समापन भएको छ । चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा भएको प्रदर्शनीमा उपभोक्ताहरूको अवलोकन, सामाजिक सञ्जा...
विराटनगरको शिक्षादीप कलेजले गर्यो ‘प्लस टु’ अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई

विराटनगरको शिक्षादीप कलेजले गर्यो ‘प्लस टु’ अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले ‘प्लस टु’ अध्ययन पुरा गरेका १७ औं ब्याजका विद्यार्थीहरूलाई बिदाई गरेको छ । कलेजले आज विराटनगरको जहदा रोडस्थित सीटी प्यालेसमा कार्यक्रम आयोजना गरेर विज्ञान संकायका ८८२ र व्यवस्थापन संकायका २२६ विद्यार्थीलाई बिदाई गरेको हो । कार्यक्रममा कलेज व्यवस्थापन समिति अध्यक्षसमेत रहेका कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले आफ्नो रुची र क्षमता अनुस...
इन्सेकले दायर गरेको रिटमा उच्च अदालत विराटनगरद्वारा परमादेश जारी

इन्सेकले दायर गरेको रिटमा उच्च अदालत विराटनगरद्वारा परमादेश जारी

विराटनगर । संविधानले प्रदान गरेको स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले परमादेश जारी गर्ने फैसला गरेको छ । न्यायाधीशद्वय महेन्द्र प्रसाद उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलाशले विपक्षीहरुको नाममा आज परमादेश जारी हुने ठहर गरेको हो । सुनसरीको दुहवी नगरपालिका–६ मा रहेको एशियन लेदर इन्ड...
असन्तुलित बजेट वितरण रोकेर नतिजामुखी बजेट निर्माण गर्छौं : मुख्यमन्त्री कार्की

असन्तुलित बजेट वितरण रोकेर नतिजामुखी बजेट निर्माण गर्छौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी वर्षदेखि असन्तुलित बजेट वितरणलाई रोकेर नतिजामुखी बजेट निर्माण गर्ने बताएका छन् । प्रदेश योजना आयोगले आज विराटनगरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले विगतमा गर्दै गएको असन्तुलित अभ्यासलाई यसपटक गम्भीर रूपमा समीक्षा गरी सबै क्षेत्रमा नतिजा दिने बजेट बनाउने प्रतिबद्धता व्यक्त गरे । नयाँ ...
षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार धनकुटाका पत्रकार लम्जेललाई

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार धनकुटाका पत्रकार लम्जेललाई

विराटनगर । नेपाल पत्रकार महासंघको ७१ ‍औं स्थापना दिवसको अवसरमा धनकुटाका पत्रकार हरिबहादुर लम्जेल पुरस्कृत भएका छन् । पत्रकार महासंघ मोरङ शाखाले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा लम्जेललाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको हो । पत्रकार महासंघ धनकुटाका सचिव समेत रहेका लम्जेललाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली, पत्रकार महासंघ मोरङकी अध्यक्ष...
एसईई दिने विद्यार्थीहरूको बिदाई

एसईई दिने विद्यार्थीहरूको बिदाई

विराटनगर ।  मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका कक्षा १० का ५० जना विद्यार्थीहरूको बिदाई गरिएको छ । चैत १९ गतेबाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल हुने विद्यार्थीहरूको बिदाई गरिएको हो । विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, शिक्षकहरू दिनेश बिष्ट, नवराज सुवेदी, बद्री पौडेल लगायतले विद्यार्थीहरूलाई उच्च मनोब...
विराटनगरमा प्रहरी हवल्दारको मृत्यु

विराटनगरमा प्रहरी हवल्दारको मृत्यु

विराटनगर । विराटनगरमा प्रहरी हबल्दारको मृत्यु भएको छ । रोलकलका क्रममा अचानक बिरामी परेका हबल्दार बैजुकुमार सहनीको मृत्यु भएको हो । विराटनगर-६ घर भएका हबल्दारको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सहनी भोजपुरको दोभाने देउराली दरबन्दी भई कोशी प्रदेश प्रहरी गण विराटनगरमा सवारी चालकका रूपमा कार्यरत थिए । प्रहरीका अनुसार गणका प्रमुख (एसपी) बाट रोलकल लिने क्रममा साँझ ७ः३०...
विराटनगरमा घर निर्माण प्रदर्शनी : स्मार्ट घर र आधुनिक जीवनशैलीबारे छलफल

विराटनगरमा घर निर्माण प्रदर्शनी : स्मार्ट घर र आधुनिक जीवनशैलीबारे छलफल

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरस्थित जैन भवनमा जारी प्रदर्शनीको चौथो दिनको थिमेटिक सेसनमा स्मार्ट घर र आधुनिक जीवनशैलीबारे छलफल भएको छ । आजको थिमेटिक सेसनको ‘विद्युतीय सुरक्षा र ऊर्जा दक्षता’ सत्रमा बोल्दै इन्जिनियर वसन्त राज ओझाले विद्युतीय उपकरणको चयन र खरिद गर्दा उक्त उपकरणबारे पर्याप्त जानकारी भए सो कुराले ऊर्जा जोगाउन भूमिका खेल्ने बताए । उनले ऊर्जा दक्षताका लागि उपयुक्त ...
जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा एमालेको प्रदर्शन

जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा एमालेको प्रदर्शन

विराटनगर । नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पक्राउको विरोधमा एमालेले देशभरसँगै विराटनगरमा पनि प्रदर्शन गरेको हो । पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनमा उत्रिएका एमाले नेता कार्यकर्ताले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् । उनीहरूले ...
विराटनगरमा तास खेलिरहेको अवस्थामा वडा सदस्य र व्यापारी पक्राउ

विराटनगरमा तास खेलिरहेको अवस्थामा वडा सदस्य र व्यापारी पक्राउ

विराटनगर । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले एक जनप्रतिनिधि र व्यापारीसहित नौ जना पक्राउ गरेको छ । शनिबार राति विराटनगरस्थित वंशी राठीको घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२ का वडा सदस्य शेरसिंह दुगडसहित प्रतिष्ठित व्यवसायीहरू सुशील मुन्दडा, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, महेश रा...
विराटनगरमा घर निर्माण प्रदर्शनी : वास्तु र इन्टेरियर डिजाइनबारे छलफल

विराटनगरमा घर निर्माण प्रदर्शनी : वास्तु र इन्टेरियर डिजाइनबारे छलफल

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा जारी घर निर्माण प्रदर्शनीको थिमेटिक सेसनमा वास्तु र इन्टेरियर डिजाइनबारे छलफल भएको छ । विराटनगरस्थित जैन भवनमा सम्पन्न तेस्रो दिनको थिमेटिक सेसनमा विज्ञहरूको उपस्थितिमा ‘स्मार्ट डिजाइन : वास्तु, इन्टेरियर डिजाइन र प्राविधिक योजना’ थिममा अन्तरक्रिया र छलफल भएको हो । ‘इन्टेरियर डिजाइन अवधारणा : स्पेस प्लानिङ्ग, उपयोगिता र सौन्दर्य’ शीर्षकमा बोल्...
विराटनगर जेसीजद्वारा परमार्थ सिङ्घिया आरतीलाई कुर्सी हस्तान्तरण

विराटनगर जेसीजद्वारा परमार्थ सिङ्घिया आरतीलाई कुर्सी हस्तान्तरण

विराटनगर । राम नवमीको अवसरमा विराटनगर जेसीजले सिङ्घिया नदी परोपकार घाटमा हुँदै आएको परमार्थ आरती लाई २१ थान कुर्सी हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित सन्ध्या आरतीमा कुर्सी हस्तान्तरण गरिएको हो । विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले जेसीजले नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व र धार्मिक सांस्कृतिक संरक्षणलाई पनि समान रूपमा अघि बढाउँदै आएको बताए । परमार्थ आरतीका उपाध्यक्ष नवराज काफ्लेले आ...
error: Content is protected !!