संगालोखबर


विराटनगर । मोरङका चारवटा स्थानीय तहका कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । सुन्दरहरैँचा नगरपालिका-४, उर्लाबारी नगरपालिका-८, कटहरी गाउँपालिका-६ र विराटनगर-४ मा बर्डफ्लु पुष्टि भएको हो ।

प्रयोगशाला परीक्षणबाट संक्रमणको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले उक्त क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बर्डफ्लु मानिसमा समेत सर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ बमोजिम संक्रमण देखिएका स्थानहरूबाट चारै दिशा तर्फ २० मिटरको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका कार्यहरू अघि बढाइएको छ ।

Advertisement

संक्रमण थप फैलिन नदिन प्रशासनले अर्काे सूचना जारी नभएसम्मका लागि ती पालिकाहरूबाट पंक्षी तथा पंक्षीजन्य सामग्रीहरू जस्तै अण्डा, दाना, कुखुराको सुली र फोहोरको आयात, निर्यात तथा ओसार-पसारमा पूर्ण रूपमा रोक लगाएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा जिल्लावासी, कृषक, व्यवसायी र उपभोक्ता सबैलाई आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरिएको छ । रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरिएको र सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउन प्रशासनले विशेष आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!