
विराटनगर । मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षभित्र पुस्तकालय स्थापना गरिएको छ । थुनुवाको हातहातमा किताब अभियान सुरु गरेको प्रहरी कार्यालयले सोमबार पुस्तकालय स्थापना गरेको हो ।
पुस्तकालय स्थापनाका लागि लेटाङ नगरपालिका-३ मा रहेको न्यु श्याम पुस्तक भण्डारले २२ थान पुस्तक पनि उपलब्ध गराएको छ । इलाका प्रहरी कार्यालय लेटाङमा १० जना थुनुवा छन् । यसअघि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत कक्षमा पनि पुस्तकालय स्थापना गरिएको थियो ।

संगालोखबर 


















