संगालोखबर


विराटनगर । विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको हो ।

विराटनगर-८ स्थित कमलदेव यादवले सञ्चालन गरेको सिटी रिक्सा चार्जिङ सेन्टरमा बिहीबार दिउँसो ३ बजेतिर सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

Advertisement

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!