संगालोखबर

विराटनगर । मोरङको विराटचोकमा ‘जेसीआई नेपाल बिजनेस एकेडेमी’ गरिएको छ । इन्द्रपुर जेसीजले विराटचोकस्थित नेपारलिका होटेलमा तीन दिने कार्यक्रम गरेको हो ।

Advertisement

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रम उद्‌घाटन गरेका थिए । सो अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो कार्यक्रम नेपाल जेसीजले निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राखे ।

 कार्यक्रममा देशभरबाट ६८ जना सहभागी भएका थिए । उनीहरूलाई प्रमुख प्रशिक्षक उषा चन्दक, सहायक प्रशिक्षक द्वय अनुप मुन्दडा र किरण केसीले प्रशिक्षण दिएका छन् ।

नेपाल जेसीज २०२५ का अध्यक्ष जेसी राजनी थापाको अध्यक्षतामा भएको कार्यक्रमको समापन समारोहमा कोशी प्रदेश सांसद शोभा चेम्जोङ, नेपाल जेसीजका राष्ट्रिय महासचिव विकेशलाल श्रेष्ठ, प्रमुख प्रशिक्षण आयुक्त राजाराम गौतम, निरुपित राष्ट्रिय उपाध्यक्ष उज्ज्वल काबरा लगायत पनि सहभागि थिए ।

कार्यक्रममा आतिथ्य शाखाका अध्यक्ष जेसी आकाश दुलालले सहभागीहरूले अब आफ्नो व्यवसाय अझ प्रभावकारी र दक्ष रूपमा सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!