संगालोखबर


विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला नेतृत्वले स्थानीय तहमा प्राप्त गरिरहेको भूमिकाले समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ एवं सशक्त बनाएको बताएकी छन् ।

आजबाट विराटनगरमा सुरु भएको पालिकाका उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्‌घाटन समारोहमा बोल्दै भण्डारीले यस्तो बताएकी हुन् ।

Advertisement

उनले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम भनेको स्थानीय तह भएको उनले उल्लेख गरिन् ।

संविधानले स्थानीय पूर्वाधार निर्माण, विद्यालयको व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, वातावरण तथा जैविक विविधताको संरक्षण, कृषि प्रवर्द्धन, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ लगायतका विषयमा स्थानीय सरकारलाई अग्रणी भूमिका प्रदान गरेको उनले बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा सुशासन र पारदर्शिता आम चासोको विषय बनिरहेको सन्दर्भमा स्थानीय तहका जनप्रतिनिधिहरू सहित सम्बद्ध सबैले यसमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरिन् ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गरी विकास निर्माणको प्रक्रियालाई तीव्रता दिन आवश्यक रहेकोमा उनको जोड थियो ।

स्थानीय तहलाई जनताको घरदैलोमा सेवा पुर्याउने सुदृढ संयन्त्र बनाउन र विकास निर्माण प्रक्रियालाई तीव्रता दिन प्रचलित कानुन तथा नीति नियमका दस्तावेजमा उप-प्रमुख तथा उपाध्यक्षहरूको अधिकार, भूमिका र कार्यक्षेत्रलाई स्पष्ट र प्रभावकारी ढङ्गले परिभाषित गरिनु पर्नेमा उनले जोड दिइन् ।

विराटनगर महानगरपालिकाको आयोजनामा आजबाट सुरु भएको पालिकाका उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेला भोलि सम्पन्न हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!