पूर्वमा १७ वर्षसम्म सेवा दिएका वरिष्ठ न्युरो सर्जन डा. रोकालाई सम्मान
विराटनगर । मोरङको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल र विराट नर्सिङ होमले वरिष्ठ न्युरो सर्जन डा. यम बहादुर रोकालाई सम्मान गरेको छ । आज टिचिङ अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर डा. रोकालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्त रूपमा डा. रोकालाई सम्मान गरेका थिए । प्रदेश प्रमुख खाप...






























