विराटनगरबाट श्रोत नखुलेको १४ लाख ५० हजारसहित एक जना पक्राउ
विराटनगर । विराटनगरबाट श्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१८ का ४१ वर्षीय विरेन्द्र साह छन् । उनको साथबाट १४ लाख ५० हजार नगद बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
आज दिउँसो १२ः४५ बजे विराटनगर-१७ स्थित मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकलमा सवार साहलाई शंका लागेर चेकजाँच...




























