स्विस सरकारका प्रतिनिधि र कोशीका मुख्यमन्त्री कार्कीबीच भेटवार्ता
विराटनगर । स्विस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पोरेसन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको हो ।
भेटवार्तामा मुख्यमन्त्री कार्कीले स्विस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गरेका थिए । उनले ७५ ...





























