विराटनगरमा सुरु भयो १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
विराटनगर । विराटनगरमा आजबाट १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको सहिद रङ्गशालामा मेयर नागेश कोइरालाले उद्घाटन गरेका हुन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा महानग...





























