संगालोखबर


विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल इडेनबर्ग इन्टरनेसनल कलेज विराटनगर एकाइले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सन्ध्या झा प्रथम भएकी छन् ।

‘मेरो देश मेरो जिम्मेवारी’ विषयमा भएको वक्तृत्वकलामा निशा देव द्वितीय र अलिशा कर्ण तृतीय भए । उनीहरूलाई प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

Advertisement

परिषद्को ‘मेरो देश मेरो जिम्मेवारी’ भन्ने राष्ट्रव्यापी अभियान अन्तरगत स्थापना दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रममा परिषद्की राष्ट्रिय सचिव मुना विष्ट, कोशी प्रदेश सह-सचिव अभिषेक पोख्रेल, क्याम्पस प्रमुख संगीता चौधरी, कार्यक्रम संयोजक राजेन्द्र शाहलगायत क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!