संगालोखबर

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ स्थित विद्युत कार्यालय नजिकैबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सुरेशमान श्रेष्ठको खेतको बीचमा रहेको डुम्रीको रूखमुनि परालले छोपेर लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार गएराति ९ बजे २९ वटा बोरामा प्याक गरेर राखेको अवस्थामा ९ सय २१ किलो बढी गाँजा बरामद भएको छ । ‘खेतमा रहेको परालभित्र लुकाएको अवस्थामा गाँजा फेला परेको छ’, उनले संगालोखबरसँग भने, ‘कसले ल्याएर राखेको भन्ने खुल्न बाँकी छ ।’

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको डीएसपी चौधरीले जानकारी दिए । बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । गाँजा ओसार-पसारमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!