संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-३ मा निजी क्षेत्रको लगानीमा विराट स्पोर्ट्स जोन खुलेको छ । आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित पाँच करोडको लगानीमा स्पोर्ट्स जोन खुलेको हो ।

स्पोर्ट्स जोनको मंसिर २७ गते शनिबार औपचारिक उद्‌घाटन गरिने आज पत्रकार सम्मेलनमार्फत सञ्चालक समितिले जानकारी दिइएको छ । ३० कट्ठा क्षेत्रफलमा तयार गरिएको संरचनाले प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशामा अघि बढाउने विश्वास लिइएको अध्यक्ष हरि बजगाईले जानकारी दिए ।

Advertisement

विराट स्पोर्ट्स जोनलाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विस्तार गर्दै लगिने अध्यक्ष बजगाईको भनाइ छ । एकेडेमीमा राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीसहित अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन् ।

बहु-पिच सुविधा, अत्याधुनिक उपकरण र व्यवस्थित तालिम संरचनासहित एकेडेमीले प्रदेशमा क्रिकेट प्रतिभा विकासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरेको छ । नियमित रूपमा फुटसल, क्रीकसल, स्केटिङ, गो-कार्ट, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिस खेलहरू सञ्चालन हुने सञ्चालक समितिका सदस्य धड्कन कटेलले जानकारी दिए ।

फुटबल, तेक्वान्दो र स्केटिङको अनुभवी प्रशिक्षकद्वारा नियमित प्रशिक्षण दिइने सचिव नवराज काफ्लेले जानकारी दिए । यस्तै स्पोर्ट्स जोनले पूर्वाञ्चलमै पहिलोपटक गो-कार्ट ट्रयाक सञ्चालनमा ल्याउने भएको छ । स्पोर्ट्स जोनमा २५ जना बढीले रोजगारी पाउनेछन् ।

खेलमैत्री र स्वास्थ्यअनुकूल वातावरण निर्माण गर्ने उद्देश्यले स्पोर्ट्स जोन भित्र साहकारी क्याफे पनि सञ्चालनमा ल्याइएको छ । आगामी चरणमा स्विमिङ पुल, इन्डोर गेमिङ जोन र अन्य आधुनिक खेल संरचना थप गर्दै प्रदेशकै सबभन्दा ठूलो खेल केन्द्रका रूपमा विस्तार गर्ने योजना बनाइएको बजगाइले बताए ।

हरि बजगाई, नवराज काफ्ले, राज ढकाल, अम्बिका अधिकारी, धड्कन कट्टेल र रेखा उप्रेतीको संयुक्त लगानीमा स्पोर्ट्स जोन सञ्चालनमा ल्याइएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!