डेढ दशकमा मोरङबाट ६७१ बालिका बेपत्ता, १०७ जनाको उद्धार
विराटनगर । मोरङबाट पछिल्लो डेढ दशकमा ६ सय ७१ जना बालिका बेपत्ता भएका छन् । सन् २०१० देखि २०२५ सम्मको अवधिमा ६ सय ७१ बालिका बेपत्ता भएकामा १ सय ७ जना फेला परेका माइती नेपाल विराटनगरले जनाएको छ ।
सन् २०२५ मा मानव बेचविखन तथा ओसारपसार विरुद्ध माइती नेपाल विराटनगरले गरेको कार्यबारे आज पत्रकारहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले स...































