संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदी विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २९ वर्षीय पप्पु सिंह भनिने पप्पुकुमार यादव छन् ।

उनलाई आज दिउँसो विराटनगर-१८ भेडियारीबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।

Advertisement

उनी कर्तव्य ज्यान मुद्दामा झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । जिल्ला अदालत सुनसरीले उनलाई २४ वर्षभन्दा बढी कैद सजाय हुने फैसला सुनाएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!