विराटनगरमा भव्यरूपमा मनाइयो उभौली पर्व
विराटनगर । विराटनगरमा रहेका किरात समुदायले साकेला (उभौली) पर्व भव्यरूपमा मनाएका छन् । विराटनगर-११ स्थित साकेला थानमा राई, लिम्बु र याक्खाहरूले पितृ तथा भूमि पूजा गर्दै पर्व मनाएका हुन् ।
उनीहरूले खेतीपाती सप्रियोस्, रोग नलागोस्, प्राकृतिक विपत्ति नआओस् भन्ने कामनासहित उभौली पर्व मनाए । यो पर्व एक महिनासम्म मनाउने गरिन्छ ।
विराटनगरको साकेलाथानबाट सुरु भएको उभौली पर्वलाई एक महिनासम्म विभिन्न...




























