खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

विराटनगर । अविरल वर्षाका कारण अवरुद्ध बनेका मेची र सिद्धिचरण राजमार्ग सुचारु भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ मा माथिबाट झरेको पहिरोले मंगलबार साँझ राजमार्ग अवरुद्ध भएको थियो । ओखलढुंगाका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर विजय कार्कीले पहिरो पन्छाएर बिहानैदेखि सवारी-साधन आवागमन सुचारु गरिएको जानकारी दिए । पहिरोका कारण रोकिएका सवारी गन्तव्यतर्फ गइसकेका कार्कीले संगालोखबरलाई जानकारी दि...
पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु 

पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु 

विराटनगर । पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु भएको छ । सोमबार साँझदेखि परेको पानीले हेवा खोलाको डाइभर्सन पार गरेपछि अवरुद्ध भएको मेची राजमार्ग पानीको सतह घटेसँगै सुचारु भएको हो । प्रहरीका अनुसार हेवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ जाँदै गरेका सवारी साधन बाटोमा नै रोकिएका थिए । अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ गइसकेको जि...
पाँचथरमा हेवा खोलाको बेलिब्रिज खस्दा तीन मजदुरको मृत्यु

पाँचथरमा हेवा खोलाको बेलिब्रिज खस्दा तीन मजदुरको मृत्यु

विराटनगर । पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जना मजदुरको मृत्यु भएको छ । शनिबार साँझ ६ बजे बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको हो । उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीए...
तमोर नदीमा बेपत्ता किशोरको शव फेला

तमोर नदीमा बेपत्ता किशोरको शव फेला

विराटनगर । तमोर नदीमा बेपत्ता किशोरको शव फेला परेको छ । पौडी खेल्न गएका बेला बेपत्ता भएका १६ वर्षीय शिशिर राईको शव नदी किनारमा भेटिएको हो । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका-७ भालुखोप घर भएर उनी फिदिम बजारमा बस्दै आएका थिए । उनी जेठ २४ गते पाँचथर र तेह्रथुमको सीमावर्ती तमोर नदीबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको खोजी भइरहेकोमा बुधबार साँझ शव भेटिएको पाँचथर प्रहरीले जनाएको ...
मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । आइतबार मोरङ र पाँचथरका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्युरो  काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ वर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, दुई लाख ८८ हजार दुई सय ५० रुपैयाँ...
तमोर करिडोरको हेवा खोला डाइभर्सन बाढीले बगायो

तमोर करिडोरको हेवा खोला डाइभर्सन बाढीले बगायो

विराटनगर । पाँचथरको फिदिम र हिलिहाङको सिमानामा रहेको हेवा खोला डाइभर्सन बाढीले बगाएको छ । आज बिहान आएको बाढीले तमोर करिडोरमा पर्ने हेवा खोलामा डाइभर्सनका लागि लगाइएका ह्‍युमपाइप बगाएको हो । डाइभर्सन बगाएसँगै तमोर करिडोरको पाँचथर-ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी इन्स्पेक्टर रूपेश तामाङले संगालोखबरलाई जानकार दिए । उक्त सडक अवरुद्ध भएसँगै तमोर करिडोर ह...
पाँचथरमा बन्दुक पड्किएर युवकको मृत्यु

पाँचथरमा बन्दुक पड्किएर युवकको मृत्यु

विराटनगर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडा जंगलमा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ । बुधबार राति वन्यजन्तुको सिकार गर्न गएका फिदिम नगरपालिका-९ का २० वर्षीय सुन्दर सारु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार मगर छिमेकी ३३ वर्षीय मनबहादुर सम्बाहाम्फेसँग सिकार खेल्न जंगल गएका थिए । बन्दुक पड्किएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा चिकित्सकले मृत घो...
पाँचथरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

पाँचथरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

विराटनगर । पाँचथरको मिक्लाजुङ गाँउपालिका-६ नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार मिक्लाजुङ गाँउपालिका-७ का २० वर्षीय ईसारा थिगिमको मृत्यु भएको हो । प्रहरीका अनुसार माछा मार्ने क्रममा जनेरेटरबाट अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया पुरा गरेर...
पाँचथर डढेलो अपडेट : थप एक जनाको मृत्यु

पाँचथर डढेलो अपडेट : थप एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा डढेलोमा परेर गम्भीर घाइते भएकी ४७ वर्षीया उषाकला राईको मृत्यु भएको छ । बिहीबार अपरान्ह फिदिम नगरपालिका-१३ जोबारीस्थित वनमा लागेको डढेलोमा जलेर घाइते भएकी उनको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर बिनालाल साहका अनुसार उनको सिन्धुलीमा मृत्यु भएको हो । यसअघि कुम्मायक गाउँपालिका-३ की २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको ...
पाँचथरमा डढेलो बस्तीमा सल्किएर घरगोठ जल्दा ४६ लाख बराबरको क्षति

पाँचथरमा डढेलो बस्तीमा सल्किएर घरगोठ जल्दा ४६ लाख बराबरको क्षति

विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका-३ मा डढेलो बस्तीमा सल्कँदा ४६ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरगोठसँगै पशुचौपाया र अन्य सामग्री जलेर नष्ट हुँदा ४६ लाख ५० हजार बराबरको क्षति भएको हो । कुम्मायक-३ का ७५ वर्षीय भीम बहादुर थापाको फुसको छानो भएको दुई तले घर जल्दा पाँच लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरभित्र रहेको अन्नपात, भाँडावर्तन लगायतका सामान जलेका छन् । सोही स्थानका ५५ वर्षीय...
पाँचथरमा डढेलोमा जलेर घाइते युवतीको मृत्यु, पाँच जना घाइते

पाँचथरमा डढेलोमा जलेर घाइते युवतीको मृत्यु, पाँच जना घाइते

विराटनगर । पाँचथरमा डढेलोमा जलेर घाइते भएकी एक युवतीको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका-३ ताम्राखु जङ्गलमा लागेको ढडेलोमा परेर घाइते भएकी २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो । अन्य पाँच जना घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि धरानतर्फ लग्दै गर्दा धनकुटाको भेडेटारमा मृत्यु भएको पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर बिनालाल साहले संगालोखबरलाई जानकारी दिए । डढेलोम...
पाँचथरमा विद्यार्थी पुर्‍याएर फर्किँदै गरेको बोलेरो दुर्घटना, चालकको मृत्यु

पाँचथरमा विद्यार्थी पुर्‍याएर फर्किँदै गरेको बोलेरो दुर्घटना, चालकको मृत्यु

विराटनगर । पाँचथरमा विद्यार्थी घर पुर्‍याएर फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । हिलिहाङ गाउँपालिका-१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्‍याएर  फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बलेरो बुधबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा हिलिहाङ-१ का ३५ वर्षीय हेमराज योगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएक...
पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्ष नेम्बाङको निधन

पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्ष नेम्बाङको निधन

विराटनगर । पाँचथरको फाल्गुनन्द गाँउपालिका-३ का वडाध्यक्ष सुखविर नेम्बाङको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ७४ वर्षीय नेम्वाङको आज निधन भएको हो । विभिन्न अस्पतालमा उपचार गराए पनि निको हुने सम्भावना भएपछि केही समयदेखि उनलाई घरमा नै राखिएको थियो । २०७४ साल र २०७९ सालको स्थानीय तह निर्वाचनबाट उनी वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमती र दुई छोरी रहेका छन् । आजनै उनको पौवासारतापमा अन्तिम ...
पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङ्थापु स्थित गौंथली भीरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा चालक याङवरक–१ टिम्बुरे घर भएका २७ वर्षीय दिनेश चौहानको मृत्यु भएको हो । आज बिहान मे १ त ६८९४ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता बिनालाल साहले जानकारी दिए । ‘घटनास्थल टाढा छ । हामी फिदिमबाट घटनास्थलतर्फ जाँदै छौँ । पुग्न अझै केही समय लाग्छ’, उनले संग...
पाँचथरमा अटो दुर्घटना, १६ महिने बालिकासहित तीन जना घाइते 

पाँचथरमा अटो दुर्घटना, १६ महिने बालिकासहित तीन जना घाइते 

विराटनगर । पाँचथरमा अटो दुर्घटना भएको छ । फिदिम नगरपालिका-४ रातोमाटे डाँडाबाट माझीटार तर्फ जाँदै गरेको अटो दुर्घटना भएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् । २६ वर्षीय किसन लावतीले चलाएको को २ ह ३१५५ न को अटो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा फिदिम-४ गढी की ५१ वर्षीय सोम माया लावती, चालक किशन र फिदिम-१ बरडाँडा बस्ने ज्योति मगर की १६ महिनाकी छोरी जोत्सना ताम...
पाँचथरमा रूख ढालेर सडक अवरुद्ध : एम्बुलेन्स भित्रै छटपटाइरहिन् सुत्केरी महिला

पाँचथरमा रूख ढालेर सडक अवरुद्ध : एम्बुलेन्स भित्रै छटपटाइरहिन् सुत्केरी महिला

विराटनगर । आज बिहानको राति २ बजे पाँचथरको जोरपोखरी-गोपेटार सडक खण्ड हुँदै एउटा एम्बुलेन्स सदरमुकाम फिदिमतर्फ जाँदै थियो । एम्बुलेन्स एक १८ वर्षीया सुत्केरीलाई लिएर जिल्ला अस्पताल हिँडेको थियो । तर पाथीभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको ‘नो केबलकार’ समूहले मेची राजमार्ग अन्तरगत रहेको उक्त सडक खण्डमा रूख ढालेर अवरोध गरे । एम्बुलेन्स चालक नुपु शेर्पाले सोही समयको तस्बिर र भिडियो सामा...
तस्बिरमा हेर्नुहोस् पाँचथर बजार

तस्बिरमा हेर्नुहोस् पाँचथर बजार

पाँचथर । पाँचथर कोशी प्रदेशको पहाडी जिल्ला हो । एक हजार दुई सय ४१ वर्ग किलोमिटरमा फैलिएको यस जिल्लाको सदरमुकाम फिदिम हो । पाँचथरमा बहुमूल्य जडीबुटीहरू जस्तैः पोट्लिङ्गो, गुराँस, धुपी, चिराइतोलगायतका वनस्पतीहरू पाइन्छन् । पाँचथरको नामाकरण कसरी भयो भन्ने कुनै स्पष्ट आधार पाइँदैन । तथापी सोधकर्ताहरूका अनुसार ‘पान्थरथुम’ शब्दबाट पाँचथर नामाकरण भएको हो । ‘पान्थरु’को अर्थ कुरामा सहमति मिलेको र ‘थुम’क...
पाँचथरमा मानसिक सन्तुलन गुमाएका ब्यक्तिले घरमा लगाइदिए आगो 

पाँचथरमा मानसिक सन्तुलन गुमाएका ब्यक्तिले घरमा लगाइदिए आगो 

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका-२ घुवाखोलामा मानसिक सन्तुलन गुमाएका व्यक्तिले घरमा आगो लगाइदिएका छन् । आज स्थानीय पञ्चबहादुर राईको फुसको छानो भएको घरमा तुम्बेवा गाउँपालिका-४ का रामचन्द्र राईले आगो लगाइदिएका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता बिनालाल साहका अनुसार आगजनीबाट सात लाख बराबरको क्षति भएको छ । आगजनीबाट एक घर, दुई वटा गोठ, घरमा राखिएको अन्नपात जलेर नष्ट भएको छ । आगजन...
तेह्रथुमको उच्च क्षेत्रमा हिमपात

तेह्रथुमको उच्च क्षेत्रमा हिमपात

तेह्रथुम । तेह्रथुमको पर्यटकीय क्षेत्रहरू मंगलबारे, गुफा पोखरी लगायतका क्षेत्रमा हिमपात भएको छ । मंगलबार बेलुका हिमपात भएसँगै चिसो ह्वात्तै बढेको छ । गतवर्ष जस्तो बाक्लो हिउँ नपरे पनि चिसो बढेको स्थानीय इन्द्र पोखरेलले बताए । उनका अनुसार हिउँ पग्लिन थालेको छ । पाँचथरको फालेलुङ गाउँपालिकाको उच्च क्षेत्रमा पनि हिमपात भएको छ । हिमपात छिमेकी राष्ट्र भारतसँग जोडिएको सिमाना लगायतका क्षेत्रमा भएको हो ...
पाँचथरमा एक पुरुष मृत फेला

पाँचथरमा एक पुरुष मृत फेला

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा एक पुरुष मृत फेला परेका छन् । फिदिम नगरपालिका-८ रानिटारका ६८ वर्षीय लक्षुमण मुखिया आज फिदिम स्थित बुद्धमार्गमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार उनी फिदिम-१ बुद्धमार्गमा बस्दै आएको खुलेको छ । आज बिहान उनी घर अगाडिको सडकमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल साहले जानकारी दिए । उनको शव जिल्ला अस्पताल पाँचथरको शवगृहम...
चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकपको उपाधि

चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकपको उपाधि

पाँचथर । पाँचथरको फिदिममा सञ्चालित फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँलाई ट्राइबेकरमा ५-४ गोलअन्तरले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिम २/२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज...
फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

पाँचथर । मच्छिन्द्र फुटबल क्लब पाँचथरमा जारी एघारौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा पुगेको छ । न्यू रोड टिम (एनआरटी) लाई १–० गोलले हराउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो । मच्छिन्द्रले भोलि चर्च ब्वाइज युनाइटेडसँग फाइनल खेल खेल्नेछ । मच्छिन्द्रका लागि खेलको १० औँ मिनेटमा दयानन्द इङलाबाङले गरेको गोल नै निर्णायक बनेको थियो । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले नगद १० लाख ...
चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

पाँचथर । चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पाँचथर सदरमुकाम फिदिममा जारी गोल्डकपमा विराटनगर सिटी फुटबल क्लबलाई ७-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल पुगेको हो । चर्च ब्वाइजका समीर तामाङ र विदेशी खेलाडी अरमान्डले ह्याट्रिक गरे । यस्तै फोफोनाले एक गोल गरे । विराटनगरका लागि सुमन चौलागाईँले सान्त्वना गोल गरे । चर्च ब्वाइजले भोलि हुने पहिलो सेमिफाइनलमा आयो...
काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने

काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने भएको छ । काबेलीमा पक्की पुल सञ्चालनमा आएसँगै बेलिब्रिज फुङलिङ-ओलाङचुङगोला–टिपताला भञ्ज्याङ सडक खण्डको सुकेपानीमा राख्ने तयारी गरिएको हो । उत्तर-दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजना प्रमुख सिंहबहादुर विष्टका अनुसार बेलिब्रिज सार्नका लागि यसै साता टेन्डर खोल्ने तयारी छ । यसका लागि क्षेत्...
फिदिममा सातौँ सुम्हालुङ मिनी म्याराथन हुँदै

फिदिममा सातौँ सुम्हालुङ मिनी म्याराथन हुँदै

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा ९ किलोमिटर लामो सुम्हालुङ मिनि म्याराथन हुने भएको छ । किराँत लिम्बू जातिको मौलिक पर्व चासोक तङनामको अवसर पारेर म्याराथन हुन लागेको हो । सुम्जिरी सुम्हालुङ आम्बेपज संरक्षण एवम् विकास प्रतिष्ठानको आयोजनामा पुस १३ गते म्याराथन हुनेछ । आयोजकले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको लागि आवश्यक तयारी पुरा भएको जनाएको छ । सुम्हालुङ मन्दिरबाट सुरु हुने म्यारथन पाँचथर क्...
तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु

तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु

तेह्रथुम । तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु भएको छ । तमोर नदीस्थित लुमुघाटमा १३ वर्षपछि पुलको पुनःनिर्माण सुरु भएको हो । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिब १३ वर्षपछि पुल पुनःनिर्माण थालिएको जानकारी दिए । सडक विभाग मातहतको पुल सेक्टरले १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र न...
फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मी क्लब पहिलो खेलबाटै बाहिरियो

फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मी क्लब पहिलो खेलबाटै बाहिरियो

पाँचथर । त्रिभुवन आर्मी क्लब पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । टाइब्रेकरमा आयोजक फिदिम स्पोर्टिङ क्लबसँग ४-२ गोल अन्तरले पराजित हुँदै विभागीय टोली घर फर्किएको हो । निर्धारित समयमा बराबरीमा टुङ्गिएको खेल टाइब्रेकरमा धकेलिएको थियो । आयोजकका तर्फबाट आशिष चापागाईँ, विशाल दर्जी, राम वाजी र निरोज लिङ्देनले गोल गरेका थिए । आर्मीका निरज कुमार घिसिङ र सन्तोष केसीले गोल गरेपन...
फाल्गुनन्द गोल्डकप : मछिन्द्र क्लबसँग झापा ५-० गोल अन्तरले पराजित

फाल्गुनन्द गोल्डकप : मछिन्द्र क्लबसँग झापा ५-० गोल अन्तरले पराजित

पाँचथर । पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपमा झापा ११ विरुद्ध मछिन्द्र क्लबले ५-० गोल अन्तरको जित निकालेको छ । खेलमा एकोहोरो हावी भएको मछिन्द्रले झापाविरुद्ध गोलको वर्षा गर्दै जित निकालेको हो । खेलमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको सामु झापा ११ निरिह देखिएको थियो । खेलको पहिलो हाफको १९ औ मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले झापाविरुद्ध पहिलो गोल गरेका थिए । त्यसपछि उत्सव राईले अर्को गोल थपे । विजु भु...
पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमाथिको पुल ६ वर्षदेखि अलपत्र

पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमाथिको पुल ६ वर्षदेखि अलपत्र

तेह्रथुम । पाँचथर र तेह्रथुमलाई जोड्ने मोटरेवल पुल ६ वर्षदेखि अलपत्र छ । लुम्वुघाटमा तमोर नदीमाथि निर्माणाधीन पुलको नौ वर्षअघि ठेक्का लागेको थियो । सम्झौता अनुसार तीन वर्षमा बनिसक्नुपर्ने पुल अहिलेसम्म अलपत्र अवस्थामा छ । ठेकेदारको लापरबाहीका कारण समयमा निर्माण सम्पन्न नभएको भन्दै स्थानीय आक्रोशित हुन थालेका छन् । निर्माण कम्पनीले पुल अलपत्र अवस्थामा छाडेपछि जिल्लाबासीहरूले अख्तियार दुरुपयोग अन...
तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालन

तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालन

ताप्लेजुङ । तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालनमा आएको छ । ताप्लेजुङ र पाँचथरबाट इटहरी-विराटनगर जोड्ने सडक खण्डमा बढ्दो सवारीसाधनको चापलाई दृष्टिगत गर्दै पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । पाँचथरको कुम्मायक गाउँपालिका-५ स्थित भुल्केमा चार करोडको लगानीमा पेट्रोल पम्प निर्माण गरिएको छ । तमोर करिडोरबाट ताप्लेजुङ स्थित पाथिभरामा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पम्प सञ्चालनमा ल्याइएको ...
फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण हुँदै

फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण हुँदै

पाँचथर । पाँचथरको फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण पुस ६ गतेबाट सुरु हुने भएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका चारसहित १० टिमको सहभागिता रहने आयोजक फिदिम स्पोर्टिङ क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा चर्च ब्वाइज, न्युरोड एनआरटी, मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने छन् । यस्तै चित्लाङ क्लब काठमाडौं, विराट सिटी फुटबल क्लब विराटनगर, सहलेस युवा क...
error: Content is protected !!