
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार सात सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ७५ रुपैयाँ घटेर चार हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार नौ ७५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 























