पाँचथरमा युवकको हत्याः आरोपितमध्ये ३ जना पक्राउ
पाँचथर । सदरमुकाम फिदिम नगरपालिका–१४ का ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार फिदिम–१२ का दिनेश मगर, १३ का विजय लिम्बू र १४ का सुशील राईलाई पक्राउ गरिएको हो ।
बिहीबार राति स्थानीय धनकुमार राईको घरमा राखिएको धामीझाँक्रीले गर्ने विधि ‘चिन्ता’ हेर्न पुगेका दिनेशसहित चारजनालाई कुटपिट गरिएको थियो । कुटपिट गर्ने समूहमा उनीह...