पाँचथर डढेलो अपडेट : थप एक जनाको मृत्यु
विराटनगर । पाँचथरमा डढेलोमा परेर गम्भीर घाइते भएकी ४७ वर्षीया उषाकला राईको मृत्यु भएको छ । बिहीबार अपरान्ह फिदिम नगरपालिका-१३ जोबारीस्थित वनमा लागेको डढेलोमा जलेर घाइते भएकी उनको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर बिनालाल साहका अनुसार उनको सिन्धुलीमा मृत्यु भएको हो । यसअघि कुम्मायक गाउँपालिका-३ की २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको ...






























