संगालोखबर
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-१ मा छोराले बाबुको हत्या गरेका छन् । आइतबार ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुवा युवराज राईको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिष कर्णका अनुसार युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो । बाबुसँगै बसेर मदिरा सेवन गरेका उनले के विषयमा विवाद हुँदा चिर्पट प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको कर्णको भनाइ छ ।

Advertisement

घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले सन्देशलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार युवराजको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!