संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । पाँचथरमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फालेलुङ गाउँपालिका-७ आहाले घर भएका २७ वर्षीय महेन्द्र तामाङले २२ वर्षीया श्रीमती अनु राईको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार घटना फिदिम नगरपालिका-१ नाम्दुमा बिहीबार राति करिब १० बजे भएको हो । विवादका क्रममा तामाङले श्रीमतीको टाउकोमा कोदालोको पासोले हानेको खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

कोदालोको पासो प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि झापास्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान ४ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि हिँडेका तामाङ प्रयास असफल केही दिनअघि मात्रै ससुराली आएका थिए । आरोपित तामाङलाई फिदिम नगरपालिका-६ गोलेगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङले संगालोखबरलाई जानकारी दिए ।

अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि मात्रै बाँकी कुरा खुल्ने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!