
विराटनगर । पाँचथरको फिदिम नगरपालिका-१२ स्थित दुथेनीमा पहिरो जाँदा फेमे खोला थुनिएको छ । सोमबार साँझ परेको पानीका कारण झरेको पहिरोले खोला थुनिएको हो ।
अहिले खोलाबाट पानी बग्न थालेपछी तत्कालका लागि जोखिम कम भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । पुनः पानी परेको खण्डमा जोखिम हुनसक्ने भएकाले त्यस क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
‘अहिले खोलाको पानी बग्न थालेको र अहिलेका लागि अवस्था सामान्य भएको छ’, प्रजिअ पोखरेलले संगालोखबरसँग भने, ‘तत्कालका लागि जोखिम टरेको छ । हामी अहिले घटनास्थलमै छौं ।’

संगालोखबर 













