
विराटनगर । पााचथरको हिलिहाङ गाउँपालिका-५ बन्चरेडाँडामा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा हिलिहाङ-५ सुभाङका २४ वर्षीय आवास माबोको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडी चालक झापाको बुद्धशान्ति गाउँपालिका-६ का २५ वर्षीय कृष्णबहादुर बराइली र गाडीमा सवार हिलिहाङ-५ का २४ वर्षीय सन्दिप उभरकोटी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो करिब २ बजे दोक्किलेबाट सुभाङतर्फ जाँदै गरेको मे १ च ६०२९ नम्बरको पिकअप सडकबाट करिब ६० मिटर तल खसेर अर्को घुम्ती सडकमा पुगेको थियो ।

संगालोखबर 



















