
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-१ को बिरुवा खोलामा दाजु-बहिनी मृत फेला परेका छन् । पाँच दिनदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र ५ वर्षीया छोरी नानुमा भन्ने नुमा राई आज बिहान मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङका अनुसार विद्यालय जान भनेर हिँडेका उनीहरू साउन १५ गतेबाट बेपत्ता भएका थिए ।
उनीहरूको खोजी भइरहेकोमा आज बिहान करिब ९ बजे बिरुवा खोलामा शव फेला परेको तामाङले संगालोखबरलाई जानकारी दिए । उनीहरूको शव करिब दुई सय मिटरको फरकमा फेला परेको प्रहरीले जनाएको छ ।
मृत फेला परेका दाजु-बहिनी पूर्ण आधारभूत विद्यालयमा कक्षा-४ र १ मा अध्ययनरत थिए । प्रहरीको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि फिदिम ल्याउन तयारी गरिरहेको छ ।

संगालोखबर 













