झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि

झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ आज सम्पन्न शहीद भीमनारायण गोल्डकपको च्याम्पियन बनेको छ । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई ३–० गोल अन्तरले हराउँदै झापाले उपाधि चुमेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफ सुरु भएको छैटौं मिनटमा झापाका आशिष चापागाईंले गोल गर्दै आफ्नो टिमका लागि खाता खोलेका थिए । एक गोलको अग्रता पाएपछि...
झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापा । झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित एक महिला पक्राउ परेकी छन् । भारतको उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । बुद्ध एयरको उडानबाट काठमाडौं जान लागेकी उनले झोलामा लुकाएर राखेको अवस्थामा दुई किलो ५ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । चाँदीको दुई वटा डल्लो फेला परेको हो । उनको साथबाट भारतीय रुपैयाँ २८ हजार ५ सय पनि बरामद भएको छ...
झापाको बिर्तामोडमा वृद्धा मृत फेला

झापाको बिर्तामोडमा वृद्धा मृत फेला

विराटनगर । झापाको बिर्तामोडमा एकजना वृद्धा घरमै मृत अवस्थामा भेटिएकी छन् । बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्ट आज बिहान मृत अवस्थामा भेटिएकी हुन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना शंकास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गरिरहेको झाप...
चट्याङ लागेर झापामा एकजनाको मृत्यु

चट्याङ लागेर झापामा एकजनाको मृत्यु

विराटनगर । बारीमा काम गरिरहेका बेला चट्याङले लागेर झापामा आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर अर्जुनधारा नगरपालिका–२ का ५४ वर्षीय मोहनप्रसाद दुलालको मृत्यु भएको हो । दिउँसो आफ्नै बारीको मकै खेतीमा मल हालिरहेका बेला परेको चट्याङले उनलाई लागेको थियो । चट्याङ लागेर सिकिस्त घाइते भएका दुलाललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपच...
करेन्ट लागेर झापामा नाबालकको मृत्यु

करेन्ट लागेर झापामा नाबालकको मृत्यु

विराटनगर । झापामा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–७ का सुनील राजवंशीका १८ महिनाका छोराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्ने क्रममा पानी तान्ने मोटरबाट सोमबार करेन्ट लागेर उनी सिकिस्त घाइते भएका थिए । उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बिर्तामोडले जित्यो आदर्श कपको उपाधि

बिर्तामोडले जित्यो आदर्श कपको उपाधि

झापा । झापाको बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको हो । बिजेता बिर्तामोडले उपाधिसँगै नगद २ लाख रुपैयाँ पायो । मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुुझायो । यसअघिको खेलमा महत्वपूर्ण दुुई खेलाडी गुमाए...
उपाधिका लागि बिर्तामोड र मानेभञ्ज्याङ भिड्दै

उपाधिका लागि बिर्तामोड र मानेभञ्ज्याङ भिड्दै

झापा । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि आज शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् । यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५–४ ले र मानेभञ्ज्याङले आयोजक आदर्श क्लबलाई २–० ले पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए । प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख, तथा उपविजेताले १ लाख रुपैयाँसहित ट...
‘प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार’

‘प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार’

विराटनगर । प्रेम प्रस्ताव अस्वीकार गर्दा झापाको दमकमा छात्रामाथि गोली प्रहार भएको पाइएको छ । दमक–२ स्थित हिमालय माविमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि आक्रमण भएको थियो । उदयपुरको लिङचिङबुङ गाउँपालिका–३ घर भई झापाको दमक नगरपालिका–५ मा बस्दै आएकी १८ वर्षीया एनिका गजमेरमाथि शुक्रबार दिउँसो साढे १२ बजे गोली प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय दमकले घाइतेको अवस्था सामान्य रहे...
झापामा हात्तीपाइलेको औषधि खाँदा मृत्यु भएकोबारे छानबिन

झापामा हात्तीपाइलेको औषधि खाँदा मृत्यु भएकोबारे छानबिन

काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन सुरु गरेको छ । हात्तीपाइलेविरुद्धको औषधि सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने हालसम्म यकिन भएको छैन । यसबारे गुनासो आएपछि छानबिन सुरु गरिएको मन्त्रालयले जनाएको छ । छानबिनका लागि अतिरिक्त सचिव, चिकित्सक लगायत सहितको टोली झापा ...
ओलम्पियन्सहरूको बिर्तामोडमा भव्य स्वागत

ओलम्पियन्सहरूको बिर्तामोडमा भव्य स्वागत

झापा । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई आज भव्य स्वागत तथा सम्मान गरिएको छ । एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई स्वागत सम्मान गरेका हुन् । कार्यक्रममा कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका ६० जना नेपाली ओलम्पियन्स तथा प्रदेशभित...
धनकुटा र झापाबाट लागूऔषधसहित ४ जना पक्राउ

धनकुटा र झापाबाट लागूऔषधसहित ४ जना पक्राउ

विराटनगर । धनकुटा र झापाका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको धनकुटा नगरपालिका–७ बाट नियन्त्रित विभिन्न नामका औषधि औषधि १८० ट्याब्लेट, लागूऔषध गाँजा ३०० ग्रामसहित स्थानीय १९ बर्षीय किरण राई र २३ बर्षीय ओम तामाङलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुबारे थप अनुसन्धान अघि बढाइएको प...
दमकमा छात्रामाथि गोली प्रहार, उपचार हुँदै

दमकमा छात्रामाथि गोली प्रहार, उपचार हुँदै

विराटनगर । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । दमकमा डेरा बस्दै आएकी उदयपुरकी १८ वर्षीया एनिका अधिकारीमाथि आज दिउँसो साढे १२ बजेतिर गोली प्रहार भएको हो । दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेको अवस्थामा दमक नगरपालिका–५ मा गोली प्रहार भएको हो । पेट, दाहिनो हातलगायत स्थानमा छर्राको जस्तो चोट लागेको अवस्थामा उनको दमककै लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । हाल...
आदर्श च्यालेन्ज कपः बिर्तामोड फाइनलमा

आदर्श च्यालेन्ज कपः बिर्तामोड फाइनलमा

झापा । टाइब्रेकरमा भाग्यमानी साबित हुँदै बिर्तामोड युनाइटेड एफसी बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइलनमा प्रवेश गरेको छ । बिर्तामोडले बेलबारी एफसीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हरायो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, अशिष चापागाईँ र देबेन्द्र तामाङले गोल गर्न सफल भए । बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, बिवेक पौडेल र निशान लिम्बुले गोल गर्न सफल भए । बेलबारीका ...
कोशीमा विकास कार्यक्रम नमुना : मुख्यमन्त्री कार्की

कोशीमा विकास कार्यक्रम नमुना : मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढंगका विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् । भौतिक पूर्वाधार विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा ठूलो समस्या उत्पन्न गराएको, मानवीय सम्वेदना र सामाजिक मूल्य मान्यता सहितको विकासमा पछि परिरहेको मुख्यमन्त्री कार्कीको भनाई छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ को वडा कार्यालय भवन उदघाटन तथा जग्गादाताहरुलाई सम्मान का...
आदर्शलाई हराउँदै मानेभन्ज्याङ फाइनलमा

आदर्शलाई हराउँदै मानेभन्ज्याङ फाइनलमा

झापा । अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सीमित भएको भारतको मानेभन्ज्याङ बुधबार एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेन्स कपको फाइनलमा प्रवेश गरेको छ । आयोजक आदर्श युवा क्लबलाई २-० गोल अन्तरले हराउँदै मानेभन्ज्याङ फाइनल प्रवेश गरेको हो । जितसँगै मानेभन्ज्याङले कम्तीमा एक लाख रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ । मानेभन्ज्याङको जितका लागि सुरज रसाइली र सौरभ तामाङले एक–एक गोल गरे । खेलको...
आदर्श च्यालेन्ज कपः बेलबारी सेमिफाइनलमा

आदर्श च्यालेन्ज कपः बेलबारी सेमिफाइनलमा

झापा । बुुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको क्वाटरफाइनल खेलमा रेडहर्ष एफसी इलामलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । बेलबारी एफसीले सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । मंगलबार भएको क्वाटरफाइनल खेलसँगै सेमिफाइनल संस्करण पुरा भएको छ । खेलको १४ औं मिनेटमा बिवेक पौडेलको क्रस पासमा प्रशान्त अवस्थीले बेलबारीलाई सुरुवाती अग्रता दिलाए । पेनाल...
झापामा प्रहरीद्वारा लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

झापामा प्रहरीद्वारा लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

झापा । लागुओैषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले झापामा सोमबार साँझ गोली चलाएको छ । नेपाल–भारत सीमा नाका पर्ने झापाको झापा गाउँपालिका–६ स्थित कामाटोली प्रहरीले साँझ करिब ६ बजेतिर तीन राउन्ड गोली चलाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले लागूऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनुपरेको बताए । भारतबाट लागुओैषध लिएर नेपालतर्फ आइरहेका ३० वर्षीय अबदुल रसिद मियाले...
धरानमाथि मानेभन्ज्याङको गोल बर्षा

धरानमाथि मानेभन्ज्याङको गोल बर्षा

झापा । धरान एफसीमाथि सहज जित हात पार्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा मानेभन्ज्याङले आयोजक आदर्श युवा क्लबसँगको भेट पक्का गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि ५–१ को जित हात पारेको छ । खेल सुरु भएको ५ औं मिनेटमा नै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८...
राजनीतिक स्थायित्व नभए कसैले लगानी गर्दैन : कोइराला

राजनीतिक स्थायित्व नभए कसैले लगानी गर्दैन : कोइराला

झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने बताएका छन् ।राजनीतिक स्थायित्वबिना नेपालमा कुनैपनि देश लगानी गर्न इच्छुक नरहेको बताउँदै कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने समेत बताए । ‘कुनै पनि देशले लगानी गर्नुपूर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ’ कोइर...
विदेश पठाइदिने भन्दै ठग्ने धनकुटा र दमकका दुईजना पक्राउ

विदेश पठाइदिने भन्दै ठग्ने धनकुटा र दमकका दुईजना पक्राउ

काठमाडौं । रोजगारीका लागि स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले धनकुटा र दमकका दुई जनालाई पक्राउ गरेको छ । स्पेन पठाइदिने प्रलोभन दिएर आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख ५५ हजार रुपैयाँ ठगेको प्रहरीको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्पेन पठाइदिन्छु भनेर पैसा लिइ ठगी गरेको आरोपमा पक्राउ पर्नेमा बुढानीलकण्ठ...
error: Content is protected !!