झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते
विराटनगर । झापाको दमक नगरपालिका-७ पशुडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । दुर्घटनामा पुरुष घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार कमल गाउँपालिका-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक ४३ वर्षीय शुकदेव गौतम घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरू पति-पत्नी हुन् ।
आज बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र १-०२-००...






















