संगालोखबर
तस्बिर : एआईको सहयोगमा

उदयपुर । उदयपुरको बेलका नगरपालिका-५ स्थित जहडामा स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को प्र ०५-००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस आज बिहान करिब ९ः४५ बजे एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परेर अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा दुई जनाको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बेलका नगरपालिका-५ बस्ने ३४ वर्षीया मन्दिरा मगर र नाम, थर, वतन नखुलेकी अर्की एक महिलाको मृत्यु भएको हो । दुर्घटनामा अटो चालक बेलका-५ का २८ वर्षीय इन्द्र थापा र सोही ठाउँका १८ वर्षीय रोशन मगर गम्भीर घाइते छन् ।

यस्तै मोरङको विराटनगर महानगरपालिका-१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम छ । तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीले बस चालक बेलका-५ का ३६ वर्षीय बिक्रम थापालाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!