कोशीमा एकै दिन १५ वटा दुर्घटना, २९ जना घाइते

कोशीमा एकै दिन १५ वटा दुर्घटना, २९ जना घाइते

विराटनगर । कोशी प्रदेशका चारवटा जिल्लामा शनिबार एकै दिन १५ वटा सवारी दुर्घटना भएका छन् । झापा, मोरङ, सुनसरी र भोजपुरमा भएका दुर्घटनामा २९ जना घाइते भएका छन् । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बढी दुर्घटना मोरङ र झापामा भएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा को ११ प ३४११ नम्बर मोटरसाइकलको ठक्करले पैदलयात्री स्थानीय ६३ वर्षीया कमला दाहाल घाइते भएकी छन् । उनको विराट टिचिङ अस्पतालमा उपचा...
झापामा भएको दुर्घटनामा दुईजनाको मृत्यु

झापामा भएको दुर्घटनामा दुईजनाको मृत्यु

झापा । झापाको मेचीनगरमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२ मा पर्ने मेची राजमार्गमा रोकिराखेको बोलेरो गाडीमा स्कुटर ठोक्किएर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्कुटर चालक झापा बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुंगेल र पछाडि बसेका इलामको रोङ गाउँपालिका–५ का २९ वर्षीय चेतन रिजाल छन् ।...
झापाका ६ वटा पालिका बाढीको उच्च जोखिममा

झापाका ६ वटा पालिका बाढीको उच्च जोखिममा

झापा । यो मनसुन अवधिमा सबैभन्दा बढी असर कोशी प्रदेशमा पर्ने अनुमान गरिएको छ । कोशी प्रदेशको पनि झापा जिल्लामा यसको प्रभाव धेरै पर्ने अनुमान छ । झापाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपतकालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने र विपद्...
खैरो हेरोइनसहित झापाका दुईजना काठमाडौंमा पक्राउ

खैरो हेरोइनसहित झापाका दुईजना काठमाडौंमा पक्राउ

विराटनगर । अवैध लागूऔषध खैरो हेरोइनसहित काठमाडौंको कोटेश्वरबाट झापा घर भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ घर भएकी ३६ वर्षीया सपना भुजेल र सोही ठाउँका ४१ वर्षीय कुमार भुजेल छन् । कोटेश्वरस्थित रमाइलो लज एण्ड भोजनालयबाट उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट लागूऔषध तौल गर्न प्रयोग हुने २ थान डिजिटल तराजु र ५५ हजार...
झापामा भएको दुर्घटनामा एकजनाको मृत्यु

झापामा भएको दुर्घटनामा एकजनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२ कालीझोडामा दुईवटा मोटरसाइकल जुधेर भएको दुर्घटनामा शनिवार एकजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार बिर्तामोडबाट चारआली जाँदै गरेको प्र–१–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मे ११ प २०२८ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए । मोटरसाइकल जुधेपछि ८७८२ नम्बर मोटरसाइकलका चालक भद्...
झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु

झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु

झापा । झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । घरको माथिल्लो तलामा जस्ताको छाना लगाउने क्रममा दमक नगरपालिका–२ का ६२ वर्षीय खगेन्द्र राईलाई बिहीवार करेन्ट लागेको थियो । छाना बनाउन प्रयोग गरेको जस्ताले नजिकैको बिजुलीको तारमा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएका उनको त्यहीँ मृत्यु भएको थियो ।
झापामा वृद्धा हत्यामा संलग्न र सघाउनेसहित पाँचजना पक्राउ

झापामा वृद्धा हत्यामा संलग्न र सघाउनेसहित पाँचजना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–४ की ६७ वर्षीया बिष्णुमाया बिष्टको हत्यामा संलग्न तथा विभिन्न तरिकाले सहयोग गर्नेसहित गरी प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । गत वैशाख २६ गते बिहान बिष्टको हत्या भएको थियो । घरैमा बसिरहेका बेला टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा बिर्तामोड–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । उनी हत्या घटनाका मुख्य आरोपी भएको प्रहरीले ...
गहना चोर्न झापाको बिर्तामोडकी वृद्धाको हत्या, दुईजना पक्राउ

गहना चोर्न झापाको बिर्तामोडकी वृद्धाको हत्या, दुईजना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । घटनाको २० दिनपछि प्रहरीले स्थानीय गंगा राजवंशी र महेश राजवंशीलाई पक्राउ गरेको हो । पक्राउ परेको दुवैले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकारेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बिष्टले लगाउने गरेको सुनको चुरा, सिक्रीलगायत गरगहना बरामद गरिएको छ । दुवैजना बिष्टक...
हावाहुरीले झापामा कृषि बाली र उद्योगमा नोक्सानी

हावाहुरीले झापामा कृषि बाली र उद्योगमा नोक्सानी

झापा । हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति पुगेको छ । मंगलबार राति आएको हुरीले केही उद्योगहरुमा क्षति भएको छ भने किसानले लगाएका बालीमा पनि नोक्सानी पुगेको प्रहरीले जनाएको छ । हुरीको असरले मेचीनगर–१० मा रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भेनियर पाता, कामदार बस्ने कटेज, पिलिङ मेसिन लगायतमा क्षति भएको जनाइएको छ । यसैगरी सिद्धविन...
खोलामा डुबेर झापाका शिक्षकको मृत्यु

खोलामा डुबेर झापाका शिक्षकको मृत्यु

झापा । झापाको मेचीनगरस्थित नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मंगलबार मृत्यु भएकोे छ । मेचीनगर–३ निवासी ४० वर्षीय भण्डारी दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए । प्रहरीका अनुसार उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोलाबाट...
पाँचथर र झापामा भएका दुर्घटनामा दुईजनाको मृत्यु

पाँचथर र झापामा भएका दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर । पाँचथर र झापामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पाँचथरको हिलिहाङमा टिप्परको ठक्करले पैदलयात्रीको मृत्यु भएको हो । यस्तै, झापामा पिकअपको ठक्करले पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा ना १ क ४५३३ नम्बरको टिपरले ठक्कर दिंदा स्थानीय ७२ वर्षीय रुपध्वज राईको मृत्यु हिजो बेलुका मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस...
गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ गोर्खा रारा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा रियल स्टार युथ क्लब हेटौंडालाई ४–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा भएको खेलको दोस्रो मिनटमै बिर्तामोडका जर्सी नम्बर ९ का आशीष चापागाईँले ...
एमालेलाई बलियो र एकताबद्ध राष्ट्रिय शक्ति बनाउनु जरूरीः ओली

एमालेलाई बलियो र एकताबद्ध राष्ट्रिय शक्ति बनाउनु जरूरीः ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु जरुरी भएको बताएका छन् । पार्टीको दमक नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले एमाले बलियो हुनको लागि एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिए । एमालेलाई आफ्नो लक्षमा पुग्न आन्तरिक एकता आवश्यक रहेको उनको भनाइ छ । पार्टी बलियो हुनका लागि आन्त...
धनकुटा, मोरङ र झापाका ८ जना लागूऔषधसहित पक्राउ

धनकुटा, मोरङ र झापाका ८ जना लागूऔषधसहित पक्राउ

विराटनगर । धनकुटा, मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट ठूलो परिमाणमा गाँजालगायत लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–५ का २१ वर्षीय सन्देश राईलाई एक किलो ७०० ग्राम गाँजासहित प्रहरीले बुधबार पक्राउ गरेको हो । आँखिसल्लास्थित प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्या...
मोटरसाइकल चोरी गरेको आरोपमा झापामा ५ जना पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा झापामा ५ जना पक्राउ

झापा । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । चोरी गरिएका तीनवटा मोटरसाइकलसहित कनकाई नगरपालिकाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई नगरपालिका–४ का १८ वर्षीय प्रियंक कँडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नवीन बस्नेत, १५ वर्षीय बालक र कनकाई–३ का १८ वर्षीय सम्रिक चुँडाल छन् । कनकाई नगरपालिका–३ र ४ मा चोरीको मोट...
प्रतिबन्धित लागूऔषधसहित मोरङ, सुनसरी र झापाका ५ जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित मोरङ, सुनसरी र झापाका ५ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोमवार सुनसरीको कोशी गाउँपालिका–१ पुरी टोलबाट इनरुवा नगरपालिका–६ का २६ वर्षीय सुशान्त खनाललाई पक्राउ गरेको हो । उनको साथबाट ३ ग्राम ९१ मिलिग्राम ब्र...
भेट्रान्स फुटबलः पूर्वेलीका दुवै टिम फाइनलमा

भेट्रान्स फुटबलः पूर्वेलीका दुवै टिम फाइनलमा

झापा । आयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै टिमले कम्तिमा ५५ ह...
झापामा चार तलामाथिबाट खसेर कामदारको मृत्यु

झापामा चार तलामाथिबाट खसेर कामदारको मृत्यु

झापा । घर निर्माणको काममा संलग्न एकजना कामदारको झापाको बिर्तामोडमा चारतले घरको छतबाट खसेर मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–१ का दिनेश मैनालीको घर निर्माण गर्ने क्रममा छतबाट खसेर भारतको बोतलबारी घर भएका २० वर्षीय चामाल हकको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रादेशिक अस्पताल भद्रपु...
भेट्रान्स फुटबलः आयोजक पूर्वेली निलो फाइनलमा

भेट्रान्स फुटबलः आयोजक पूर्वेली निलो फाइनलमा

बिर्तामोड । आयोजक पूर्वेली युवा क्लब निलो झापाको बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक निलो उपाधिनजिक पुगेको हो । खेलको ४८ औँ मिनेटमा पूर्वेलीका चन्द्रकुमार गिरीले चन्द्रगढीका गोलकिप्पर डिब...
झापाकी अनमोलले जितिन् ‘मिस पिंक २०२४’ को उपाधि

झापाकी अनमोलले जितिन् ‘मिस पिंक २०२४’ को उपाधि

काठमाडौं । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरुप आयोजना गरिएको ‘मिस पिंक २०२४’ को उपाधिको ताज झापाकी अनमोल राईले पहिरिएकी छन् । १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै झापाको दमककी राईले मिस पिंकको उपाधि उचालेकी हुन् । राईले १ लाख रुपैयाँ पुरस्कार समेत पाएकी छन् । ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना गर्दै आएको मिस पिंकको उपाधि विज...
भेट्रान्स फुटबलः पूर्वेली युवा क्लबको फराकिलो जित

भेट्रान्स फुटबलः पूर्वेली युवा क्लबको फराकिलो जित

झापा । बिकर्ण श्रेष्ठको चार गोल मद्दतमा फराकिलो जित निकाल्दै आयोजक रातो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले पाहुना टोली इलामको एमसिसी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो । इलामलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब रातो ...
नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

झापा । सुनजस्तो देखिने पहेँलो धातु देखाएर सर्वसाधारणलाई ठग्ने काममा सक्रिय एकजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–६ स्थित पशुहाटबाट ३० वर्षीय सञ्जीव शर्मालाई पक्राउ गरिएको हो । दमकका विभिन्न स्थानमा लाग्ने हाट बजारहरुमा गइ जेष्ठ नागरिक र महिलाहरुलाई पहेँलो धातु देखाएर ठग्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । त्यस क्रममा म...
भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

बिर्तामोड । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल फर्का...
झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापा । झापाको दमकमा प्रतिबन्धित लागूऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । लागूऔषधिको कारोबार भइरहेको भन्ने सूचना पाएर पुगेको प्रहरी टोलीले उनीहरुलाई दमक नगरपालिका–२ मा पक्राउ गरेको थियो । राति करिब १० बजे प्रहरीको टोली निगरानीका लागि त्यस क्षेत्रमा पुगेको थियो । प्रहरीले दमक–२ का ४३ वर्षीय नेत्र थापा, २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक–५ का २६ वर्षीय प्रकाश लिम्बूलाई पक्रा...
बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

विराटनगर । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा भइरहेको वन फँडानीको विरोधमा आह्वान गरिएको बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मेची राजमार्गमा बिहानैदेखि सवारी साधन चल्न नसक्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन् । बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ । पाथीभरा क्षेत्रमा केबुलकार बनाउने तयारीस्वरुप जंगल फँडानी गरिए...
मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा ‘कानूनको व्यावहारिक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । मोरङका ६, झापाका ५ र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । स्नातक तहका विद्यार्थीले छनौट भएका स्थानीय तहमा गएर ल...
भेट्रान्स फुटबलः पूर्वेली युवा क्लब सेमिफाइनलमा

भेट्रान्स फुटबलः पूर्वेली युवा क्लब सेमिफाइनलमा

बिर्तामोड । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो । इटहरीलाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब निलो अन्तिम चारमा प्रवेश गरे...
झापामा करेन्ट लागेर महिलाको मृत्यु

झापामा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । झापामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । कन्काई नगरपालिका–२ मा करेन्ट लागेर २३ वर्षीया मीना नामकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लागेर उनी सिकिस्त घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी क...
झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि

झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ आज सम्पन्न शहीद भीमनारायण गोल्डकपको च्याम्पियन बनेको छ । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई ३–० गोल अन्तरले हराउँदै झापाले उपाधि चुमेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफ सुरु भएको छैटौं मिनटमा झापाका आशिष चापागाईंले गोल गर्दै आफ्नो टिमका लागि खाता खोलेका थिए । एक गोलको अग्रता पाएपछि...
झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापा । झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित एक महिला पक्राउ परेकी छन् । भारतको उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । बुद्ध एयरको उडानबाट काठमाडौं जान लागेकी उनले झोलामा लुकाएर राखेको अवस्थामा दुई किलो ५ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । चाँदीको दुई वटा डल्लो फेला परेको हो । उनको साथबाट भारतीय रुपैयाँ २८ हजार ५ सय पनि बरामद भएको छ...
झापाको बिर्तामोडमा वृद्धा मृत फेला

झापाको बिर्तामोडमा वृद्धा मृत फेला

विराटनगर । झापाको बिर्तामोडमा एकजना वृद्धा घरमै मृत अवस्थामा भेटिएकी छन् । बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्ट आज बिहान मृत अवस्थामा भेटिएकी हुन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना शंकास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गरिरहेको झाप...
error: Content is protected !!