कोशीमा २२ वटा ट्रान्सफर्मर चोरीमा संलग्न ‘विज्ञ’ गिरोह नै पक्राउ
विराटनगर । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीबाट योजनाबद्ध तरिकाले ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ परेको छ । प्रादेशिक अपराध अनुसन्धान समूहको नेतृत्वमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन मार्फत चोरीमा संलग्न भएका र चोरीको सामान किनेको आरोपमा पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छ । ट्रान...























