
विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित मालपोत कार्यालय अगाडि आज नवजात शिशु फेला परेको छ ।
प्रहरीका अनुसार २/३ दिनको जस्तो देखिने नवजात शिशु छोरा फेला परेको हो । शिशु फेला परेपछि प्रहरीले उद्धार गरेर कोशी अस्पतालमा पुर्याएको थियो ।
आमाको पहिचान भएपछि शिशुलाई आमाको जिम्मा लगाइएको मोरङ प्रहरीले जनाएको छ । शिशु कसले र किन त्यहाँ लगेर छाड्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
‘हामी अनुसन्धान कै क्रममा छौँ’, उनले भने, ‘अनुसन्धानपछि घटनामा संलग्नको पहिचान हुन्छ । त्यसपछि बाँकी कुरा खुल्छ ।’ प्रहरीका अनुसार नवजात शिशुको अवस्था सामान्य छ ।

संगालोखबर 














