कृषि क्षेत्रका लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण दिने
काठमाडौं । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ ।
कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
ग्रामीण उद्यम तथा आर्थिक विकास परियो...



























