विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलामा नौ सय रुपैयाँले बढेर सुन एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति सुन तोलामा एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलामा एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सुन तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने यथावत छ । महासङ्घका अनुसार चाँदी तोलामा एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति चाँदी एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।