संगालोखबर

विराटनगर । विराटनगरको बरगाछी-रानी सडक सौन्दर्यकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूले २२ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । अझै रकम उठ्ने क्रम जारी छ ।

Advertisement

आज पनि हिमालयन बैंकले दुई लाख सहयोग गरेको छ । बैंकको प्रदेश कार्यालयको तर्फबाट प्रदेश प्रमुख सन्तोष पराजुलीले विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई चेक प्रदान गरेका हुन् । सो परियोजनाका लागि हालसम्म १३ वटा बैंक तथा वित्तीय संस्थाहरूले सहयोग प्रदान गरेका छन् । एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरेका छन् ।

प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा छन् । उनीहरु सबैलाई सहयोग गर्न महानगरले आव्हान गरेको छ ।     सो सडक सौन्दर्यकरणका लागि ५५ लाख लाग्ने अनुमान छ । परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालन गरिएको छ । परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले समिति गठन गरेको छ । सो समितिले सौन्दर्यकरण अभियानलाई तीव्रता दिइरहेको छ ।

अहिले तारजाली लगाएर फूल रोप्ने काम भइरहेको छ । बरगाछीदेखि रोडशेष चोकसम्मका सबै डिभाइडरमा तारजाली लगाएर फूल र बिरुवासमेत रोपिसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!