विराटनगर । सुनको मूल्यमा भारी गिरावट भएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार तीन सय कायम भएको छ ।
हिजो सुन तोलामा एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले भन्सार दर घटाएपछि मूल्य समायोजन गरिएको महासङ्घले जनाएको छ । सरकारले सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैयाँमा झरेको छ । हिजो चाँदी तोलामा एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो । सरकारले चाँदीको भन्सार दर पनि १५ बाट १० प्रतिशतमा झारेको छ ।