विराटनगर । डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर तीन रुपैयाँका दरले डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार आन्तरिक बजार समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्य बढेपछि अब चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ ।
नयाँ मूल्य शुक्रबार राती १२ बजेबाट लागू हुनेछ । निगमले पेट्रोलको मूल्य भने यथावत राखेको छ ।