संगालोखबर


विराटनगर । आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज तोलामा आठ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६६ हजार सात सय रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको थियो । अस्ति सुन तोलामा एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

Advertisement

आज ३५ रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा दुई हजार एक सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति चाँदीको मूल्य तोलामा दुई हजार ९५ रुपैयाँमा कायम भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!