साँगुरीगढीका भूमिहीन पाँच परिवारलाई धनीपूर्जा वितरण
धनकुटा । धनकुटाको साँगुरीगढीका भूमिहीन सुकुम्बासी पाँच परिवारलाई जग्गा धनीपूर्जा प्रदान गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले आज कार्यक्रम आयोजना गरेर धनीपूर्जा वितरण गरेको हो ।
धनीपूर्जा पाउनेमा साँगुरीगढी-३ फुवाफोकका कञ्चन माझी, सुनेत्र माझी र आइतमान माझी तथा वडा नम्बर ९ अहालेका दुर्गा बहादुर राई र वडा नम्बर ७ लेउतीका विष्णुकुमार राई छन् ।
कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधि ...































