प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रद्वारा १२ हजार बढी विवाद समाधान
धनकुटा । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले १२ हजार बढी अन्तर व्यक्तिगत विवाद समाधान गरेको छ । केन्द्रले धनकुटामा आयोजना गरेको आठौँ चरणको समृद्धिका लागि शान्ति कार्यक्रममा यस्तो जानकारी गराएको हो ।
केन्द्रका अनुसार यससम्बन्धी कोशी प्रदेशमा ५ र मधेश प्रदेशमा २ वटा कार्यक्रम सञ्चालन गरिएको छ । जसबाट १२ हजार सात सय ५६ वटा अन्तर व्यक्तिगत विवाद समाधान भएको केन्द्रले जनाएको छ ।
विभि...































