पाख्रीबासको धर्मशाला आइपुग्यो पदयात्रा टोली
धनकुटा । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अर्थात पुस २७ गते सुनसरीको विजयपुरगढीदेखी सुरु भएको पदयात्रा धनकुटाको पाख्रीबास नगरपालिका-९ स्थित धर्मशाला आइपुगेको छ ।
विजयपुर–साँगुरीगढी–पाख्रीबास पदयात्रामा निस्किएको नेपाली सेनाको टोली आज तेस्रो दिन पाख्रीबासको धर्मशाला आइपुगेको हो । पहिलो दिन विजयपुरगढी देखी धनकुटको साँगुरीगढीसम्म पदयात्रा भएको थियो । यस्तै दोस्रो दिन साँगुरीगढीदेखी धार...































