धनकुटामा तरकारी उत्पादन बढ्यो

धनकुटामा तरकारी उत्पादन बढ्यो

धनकुटा । धनकुटामा तरकारी उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा तरकारी उत्पादन बढेको हो । पछिल्लो समय व्यवसायिक कृषि कर्ममा लाग्ने कृषकहरूको संख्या बढेसँगै तरकारी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । धनकुटामा गत आर्थिक वर्ष १ लाख ६४ हजार २ सय १८ मेट्रिक टन तरकारी उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ३७ हजार ४ सय ४८ मेट...
धनकुटामा निषेधाज्ञा खुकुलो, जनजीवन सामान्य बन्दै

धनकुटामा निषेधाज्ञा खुकुलो, जनजीवन सामान्य बन्दै

धनकुटा । धनकुटामा निषेधाज्ञा खुकुलो बनाइएसँगै जनजीवन सामान्य बन्दै गएको गएको छ । दिउँसो जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइएसँगै आज बजारमा चहलपहल बढेको छ । जिल्ला प्रशानन कार्यालयले दिउँसो निषेधाज्ञा र राती कर्फ्यु आदेश जारी गरेको छ । धनकुटामा आज राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी छ । निषेधाज्ञा खुकुलो बनाइएसँगै गाउँदेखि आवश्यक सामान किनमेल गर्न मानिसहरू बजार आउन थालेक...
धनकुटामा कर्फ्यु

धनकुटामा कर्फ्यु

धनकुटा । धनकुटामा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बेलुका ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । धनकुटाको उत्तरमा कागते, पूर्व खनिया बास, पश्चिम आद्यौगिक ग्राम र दक्षिणमा चुलिबन क्षेत्रमा कफ्र्यू जारी गरिएको छ । सो अवधिमा अत्यावयक सेवाका सवारी साधनहरू, सञ्चारकर्मी, मानवअधिकार तथा कुटनीतिक आयोगका सवारी साधन मात्रै चल्न पाउने जनाइएको छ ।
भेडेटारका २३ होटलमा स्तरीकरणको लोगो टाँसियो, ८ वटालाई सुधार गर्न निर्देशन

भेडेटारका २३ होटलमा स्तरीकरणको लोगो टाँसियो, ८ वटालाई सुधार गर्न निर्देशन

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा सञ्चालित ३१ वटा होटल तथा रेष्टुरेन्ट मध्ये २३ वटा स्तरीकरणमा परेका छन् । आठ वटालाई भने सुधार गर्न निर्देशन दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र डिभिजन कार्यालय धनकुटाले गरेको संयुक्त अनुगमनमा २३ वटा होटल तथा रेष्टुरेन्टमा स्तरीकणको लोगो टाँस गरिएको छ । खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्ने निर्देशिका २०७४ अनुसार अनु...
धनकुटाबाट आठ करोड बढीको अलैँची निर्यात

धनकुटाबाट आठ करोड बढीको अलैँची निर्यात

धनकुटा । धनकुटामा अलैँची उत्पादनमा वृद्धि भएको छ । खोल्सीको ‘कालो सुन’ ले परिचित  अलैँची उत्पादनमा वृद्धि भएसँगै निर्यात पनि बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा आठ करोड ५० लाख ६३ हजार बढीको अलैँची निर्यात भएको कृषि ज्ञान केन्द्रले धनकुटाले जनाएको छ । ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गतवर्ष ५ दशमलव २ मेट्रिक टन अर्थात एक करोड चार लाख बराबरको अलैँची निर्यात भएको हो । गत आर्थिक...
मानव बेचबिखनविरुद्ध धनकुटामा प्रभातफेरी

मानव बेचबिखनविरुद्ध धनकुटामा प्रभातफेरी

धनकुटा । मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा आज धनकुटामा प्रभातफेरी गरिएको छ । ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो: मानव बेचविखनको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित धनकुटा नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सहभागि थिए । भीमनारायण चोकबाट सुरु भएर...
अख्तियारमा परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड

अख्तियारमा परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड

धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा गत आर्थिक वर्षमा एक हजार सात सय ८३ वटा उजुरी परेका छन् । आयोगले बुधबार धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषय अन्तरक्रियामा यो तथ्याङ्क प्रस्तुत गरेको हो । सङ्घीय मामिला सम्बन्धी आठ सय १५, शिक्षा सम्बन्धी तिन सय ६५, भूमि सुधार सम्बन्धी एक सय १३, वन सम्बन्धी ९२, भौतिक सम्बन्धी ९३ र अन्य ...
धनकुटाका स्थानीय तहको वार्षिक समीक्षा सुरु

धनकुटाका स्थानीय तहको वार्षिक समीक्षा सुरु

धनकुटा । धनकुटामा स्थानीय तहको अभ्यास सम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी आजदेखि सुरु भएको छ । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईको उपस्थितिमा गोष्ठी सुरु भएको हो । सांसद राईले जिल्लामा सञ्चालित बजेट योजनाको प्रगति समीक्षा भएकाले स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख र प्रशासकीय अधिकृतहरूको अनिवार्य उपस्थिति नदेखिएको भन्दै ...
पाठकको प्रतीक्षामा छन् धनकुटाका पुस्तकालय 

पाठकको प्रतीक्षामा छन् धनकुटाका पुस्तकालय 

धनकुटा । समय यस्तो पनि थियो, पुस्तक तथा पत्रपत्रिका पढ्न पुस्तकालयमा मानिसहरूको घुँइचो नै लाग्थ्यो । युवा देखि वृद्धवृद्धाहरू साँझ बिहान पुस्तकालयमा भेटिन्थे । तर प्रविधिको पँहुच र सामाजिक सञ्जालका कारण आजभोलि पठन संस्कृति लोप हुन थालेसँगै पुस्तकालयहरू पनि सुनसान हुन थालेका छन् । वि.स. २०६८ सालमा धनकुटाको देवानटारमा स्थापना गरिएको गार्गचार्य सामुदायिक विश्वभाषा पुस्तकालय पछिल्लो समय पाठकविहीन ब...
मनै लोभ्याउने सिधुवा बजार (फोटो फिचर)

मनै लोभ्याउने सिधुवा बजार (फोटो फिचर)

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजार पर्यटकीय स्थलको रूपमा परिचित छ । पछिल्लो समय यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ । समुन्दी सतहबाट २ हजार ७ सय मिटरको उचाइमा रहेको यस स्थानबाट विभिन्न हिमालहरूको अवलोकन समेत गर्न सकिन्छ । सिधुवा बजारदेखि माथि रहेको पटेक डाँडालाई प्रवर्द्धन गर्नका लागि विभिन्न पूर्वाधारहरू निर्माण भइरहेका छन् । सिधुवा बजार पदमार...
संखुवासभाको मुडेमा बहुआयामिक पुस्तकालय निर्माण

संखुवासभाको मुडेमा बहुआयामिक पुस्तकालय निर्माण

धनकुटा । संखुवासभको धर्मदेवी नगरपालिका-३ स्थित मुडे शनिश्चरेमा बहुआयामिक धर्मदेवी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र निर्माण गरिएको छ । जापान सरकार र नगरपालिकाको संयुक्त साझेदारीमा बहुआयामिक पुस्तकालय निर्माण गरिएको हो । भदै १५ गते पुस्तकालय दिवसको अवसरमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्‌घाटन गर्ने कार्यक्रम छ । जापान सरकारको करिब ३ करोड ३३ लाख २८ हजार ४ सय र नगरपालिक...
लागूऔषध नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको छ : डीआइजी कार्की

लागूऔषध नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको छ : डीआइजी कार्की

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) ईश्वर कार्कीले लागूऔषध कारोबार नियन्त्रणका लागि निर्देश दिएका छन् । आज जिल्ला प्रहरी कार्यालय धनकुटामा नियमित अनुगमन तथा निरीक्षणमा आएका डिआइजी कार्कीले प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् । उनले पछिल्लो समय कोशी प्रदेशका केही जिल्लामा लागूऔषध कारोबार फस्टाउँदै गएको बताए । यसको विशेष निगरानीका लागि जिल्ला प...
उद्यम गर्ने महिलालाई स्थानीय र प्रदेश सरकारले साथ दिनुपर्छ : मुख्यमन्त्री कार्की 

उद्यम गर्ने महिलालाई स्थानीय र प्रदेश सरकारले साथ दिनुपर्छ : मुख्यमन्त्री कार्की 

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजलाई आर्थिक रूपमा व्यवसायिक बनाउनुपर्ने बताएका छन् ।  आज अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । कोशी प्रदेश सरकारले समाजलाई सबल बनाउँदै लैजाने बताउँदै उनले आर्थिक रूपमा ले व्यवसायिक बनाउनतर्फ लागिपरेको बताए । समाज र परिवार व्यवसायिक ...
उत्कृष्ट नतिजा ल्याउने धनकुटाका छात्र-छात्रा पुरस्कृत

उत्कृष्ट नतिजा ल्याउने धनकुटाका छात्र-छात्रा पुरस्कृत

धनकुटा । धनकुटाका विभिन्न सामुदायिक विद्यालयका ६ जना छात्र-छात्रालाई पुरस्कृत गरिएको छ । धनकुटा समागम काठमाडौं मार्फत जिल्लामा उत्कृष्ट नतिजा ल्याउने कक्षा १२ का विद्यार्थीहरूलाई मायादेवी विष्णुबहादुर श्रेष्ठ प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । धनकुटा नगरपालिका-२ स्थित टंक माध्यमिक विद्यालयका कृति खड्का र सनम रानाले प्रोत्साहन पुरस्कार पाएका छन् । यस्तै धनकुटा नगरपालिका-१ स्थित हिले माध्यमिक...
धनकुटाका उत्कृष्ट ६ वनलाई नगदसहित सम्मान

धनकुटाका उत्कृष्ट ६ वनलाई नगदसहित सम्मान

धनकुटा । धनकुटाका ६ वटा सामुदायिक तथा निजी वनलाई नगदसहित सम्मान गरिएको छ । वन दिवसको अवसरमा उत्कृष्ट सामुदायिक तथा निजी वनलाई सम्मान गरिएको हो । ‘समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई शक्तिशाली बनाऔं’ भन्ने मूल नाराका साथ वृक्षारोपण गर्दै उत्कृष्ट वनलाई सम्मान गरिएको छ । ससामुदायिकतर्फ पहिलो हुने पाख्रीबास नगरपालिका-२ सान्नेस्थित थामडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई नगद १५ हजारसहित सम...
धनकुटाको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण

धनकुटाको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण

धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । ‘समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई शक्तिशाली बनाऔं’ भन्ने मूल नाराका वृक्षरोपण गरिएको हो । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले फुलको बिरुवा रोपेर कार्यक्रमको उद्‌घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले वातावरणको हिसाबले पृथ्वी जोखिममा रहेको बताउँदै खाली जमिन बाँजो छाड्न नहुने उल्ले...
धनकुटामा गाईजात्राको रौनक (फोटो फिचर)

धनकुटामा गाईजात्राको रौनक (फोटो फिचर)

धनकुटा । देशका विभिन्न स्थानमा जस्तै धनकुटामा पनि आज गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायको बसोबास रहेको क्षेत्रमा मनाइने गाईजात्रा पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तलाई सम्झने गरिन्छ । धनकुटाको श्रीवानीस्थित कृष्ण मन्दिरबाट सुरु भएको जात्रालाई बजार क्षेत्र परिक्रमा गराइएको छ । बजार क्षेत्रमा एक वर्षभित्र दिवङ्गत भएका १४ घर परिवारका नाममा जात्रा निकालिएको हो । जात्रा मदन चोक, परिचय मो...
धनकुटामा स्थापना गरिएको मुख्यमन्त्री सम्पर्क कार्यालय प्रयोगविहीन

धनकुटामा स्थापना गरिएको मुख्यमन्त्री सम्पर्क कार्यालय प्रयोगविहीन

धनकुटा । धनकुटामा स्थापना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय प्रयोगविहीन भएको छ । धनकुटासहित भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लामा प्रदेश सरकारले सेवा दिने उद्देश्यले स्थापना गरिएको सम्पर्क कार्यालय प्रयोगविहीन भएको हो । धनकुटा नगरपालिका-४ देब्रेवासमा २०७६ बैशाख २९ गते स्थापना गरिएको कार्यालयमा आन्तरिक व्यवस्थापन र पूर्वाधार भएपनि प्रभावकारी सेवा उपलब्ध हुन सकेको छैन । तत्...
बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा खारेजीको माग

बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा खारेजीको माग

धनकुटा । बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल धनकुटाले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । उनीहरूले कानुनी संरचनालाई कमजोर पार्ने खतरा उत्पन्न हुने भन्दै पहिलो प्रस्तावित मस्यौदालाई तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन् । यस्तै महिला हिंसाका स्वरूपहरूल...
चियासँग कविता : धनकुटाकी जोत्सना प्रथम

चियासँग कविता : धनकुटाकी जोत्सना प्रथम

धनकुटा । धनकुटामा ‘चियासँग कविता’ २५ औं शृङ्खलामा पुगेको अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा जोत्सना अधिकारी प्रथम भएकी छन् । रेडियो धनकुटा एफएमको संयोजनमा भएको खुल्ला कविता प्रतियोगितामा अधिकारी प्रथम भएकी हुन् । यस्तै प्रतियोगितामा दृष्टि श्रेष्ठ द्वितीय तथा समीक्षा अधिकारी तृतीय हुँदा डिआर फुँयाल सान्त्वना स्थान हासिल गरे । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुनेहरूले क्...
धनकुटामा चार हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण

धनकुटामा चार हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले हालसम्म चार हजार जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । २० हजार चार सय २५ जनाको परिचय पत्र छापिएर आएको भएपनि सेवाग्राही नआउँदा वितरणमा समस्या भएको हो । प्रशासन कार्यालय धनकुटामा गत असार मसान्तसम्म ४२ हजार नागरिकले राष्ट्रिय परिचय पत्रको फारम भरेका थिए । जसमध्ये २० हजार चार सय २५ जनाको मात्रै परिचय पत्र छापिएर आएकोमा चार हजारले मात्रै लगेका छन् । ब...
‘आठ वर्षअघि क्याम्पसलाई जग्गा दिए, अहिलेसम्म पाएनन् मुआब्जा’

‘आठ वर्षअघि क्याम्पसलाई जग्गा दिए, अहिलेसम्म पाएनन् मुआब्जा’

धनकुटा । कृषि क्याम्पस संचालनका लागि आठ वर्षअघि जग्गा दिए पनि अहिलेसम्म मुआब्जा नपाएको स्थानीयले बताएका छन् । उनीहरूले सरकारी उदासीनताका कारण अहिलेसम्म मुआब्जा नपाएको बताएका हुन् । धनकुटाको पाख्रीबास नगरपालिका-३ मा वि.सं. २०७४ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस स्थापना भएको हो । भवन निर्माणका लागि करिब एक सय रोपनी बढी जग्गा आवश्यक पर्ने हुँदा स्थानीयले मुआब्जा पाउने ...
हरिराज खेवा स्मृति दिवसमा ९ जना सम्मानित

हरिराज खेवा स्मृति दिवसमा ९ जना सम्मानित

धनकुटा । हरिराज खेवा स्मृति दिवसमा जग्गादातासहित ९ जनालाई सम्मान गरिएको छ । मंगलबार ९ औं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको हो । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा-६ स्थित निर्माणाधीन स्मृति पार्कलाई जग्गा उपलब्ध गराउने धनबहादुर लिम्बु र खोजबहादुर राईलाई सम्मान गरिएको छ । यसैगरी वडा नम्बर ६ का १०९ वर्षीय ज्येष्ठ नागरिक अन्नपूर्ण गुरुङ र ८९ वर्षीय ...
धनकुटाको बक्रकुण्ड मन्दिरमा नागपञ्चमी मेला (फोटो फिचर)

धनकुटाको बक्रकुण्ड मन्दिरमा नागपञ्चमी मेला (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा नागपञ्चमी मेला लागेको छ । मन्दिरको १५ औं वार्षिकोत्सव तथा नागपञ्चमीको अवसरमा आज बिहानै देखि भक्तजनहरूको उपस्थिति बाक्लो छ । वार्षिकोत्सव तथा नागपञ्चमीको अवसरमा आयोजना गरिएको कार्यक्रम धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्‌घाटन गरे । कार्यक्रममा बोल्दै मेयर तामाङले बक्रकुण्ड मन्दिरलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढा...
धनकुटामा गतवर्ष २३७ उद्योग बन्द, १३४ नयाँ दर्ता

धनकुटामा गतवर्ष २३७ उद्योग बन्द, १३४ नयाँ दर्ता

धनकुटा । धनकुटामा एक वर्षको अवधिमा २ सय ३७ वटा उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्क अनुसार सोही अवधिमा १ सय ३४ वटा नयाँ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा प्रशासनतर्फ १ सय ४१ र वाणिज्यतर्फ ९६ उद्योग बन्द भएका हुन् । वाणिज्यतर्फ ३५ र प्रशासनतर्फ ९९ नयाँ उद्योग दर्ता भएका कार्यालयका सूचना अधिकारी अर्जुनबहादुर कार्कीले जानकारी दिए । यस्तै उत्पादक...
धनकुटाको निशान भगवती मन्दिरमा आरती (फोटो फिचर)

धनकुटाको निशान भगवती मन्दिरमा आरती (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-६ बिच बजारमा अवस्थित निशान भगवती मन्दिरमा दैनिक सन्ध्याकालिन आरती हुने गरेको छ । आरतीमा स्थानीयको बाक्लो उपस्थिति हुने गरेको छ । २०७५ जेठ ३ गतेबाट सुरु भएको आरती नियमित रूपमा हुँदै आएको छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
धनकुटामा २९४ विपद्का घटना : चार जनाको मृत्यु, एक करोड बढी क्षति

धनकुटामा २९४ विपद्का घटना : चार जनाको मृत्यु, एक करोड बढी क्षति

धनकुटा । धनकुटामा एक वर्षको अवधिमा विपद्का घटनामा परेर चार जनाको मृत्यु भएको छ । दुई सय ९४ वटा विपद्का घटना हुँदा चार जनाको मृत्यु भएको हो । गत आर्थिक वर्ष २०८१/०८२ मा बढी, पहिरो, चट्याङ र आगलागीका घटनाबाट एक करोड १२ लाख बढीको भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोबाट तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यस्तै ४७ वटा पशुचौपाया मरेका छन् । एक सय ९२ वटा...
धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी

धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी

धनकुटा । धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार पर्याप्त वर्षा नहुँदा रोपाइँ कम भएको हो । धनकुटामा चार हजार नौ सय ३८ दशमलब ८९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमध्ये दुई हजार छ सय १७ दशमलव ६१ हेक्टर क्षेत्रफल अर्थात ५३ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार अझै दुई हजार तीन सय २१ दशमलव २८ हेक्टर क्षेत्रफल अर्थात ४७ प्रतिशत रोपा...
सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको छ : हरिबोल गजुरेल

सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको छ : हरिबोल गजुरेल

धनकुटा । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले गठबन्ध सरकार भ्रष्टाचारी जोगाउन केन्द्रित भएको आरोप लगाएका छन् । आज प्रेस सेन्टर धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव गजुरेलले यस्तो आरोप लगाएका हुन् । सरकार भ्रष्टाचारी जोगाउन केन्द्रित भएको र प्रधानमन्त्रीको गतिविधि पनि ठिक नभएको उनको भनाइ थियो । ‘प्रचण्ड प्रधानमन्त्री भएको बेला सुशासन, न्याय र समृद्धिको पक्षमा जत...
छथर जोरपाटीमा वडाको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर किर्ते

छथर जोरपाटीमा वडाको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर किर्ते

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ को लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर दुरुपयोग गरी नक्कली सिफारिस पत्र बनाएको पाइएको छ । घरबाटो प्रमाणित सिफारिसमा स्थानीय मेघराज खतिवडाले वडाको नक्कली लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको हो । काँग्रेसका स्थानीय नेता समेत रहेका खतिवडाले घरबाटो प्रमाणित गर्न जग्गामा बाटो र घर नभएको उल्लेख गरी नक्कली सिफारिस प...
दुग्ध उत्पादक संस्थालाई ढुवानीसहितका सामाग्री वितरण 

दुग्ध उत्पादक संस्थालाई ढुवानीसहितका सामाग्री वितरण 

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका र तेह्रथुमको छथर शुक्रबारे गाउँपालिकाका दुग्ध उत्पादक संस्थाहरूलाई ढुवानीसहितका विभिन्न सामग्री वितरण गरिएको छ । आज आठ ओटा दुग्ध उत्पादक संस्थाहरूलाई आवश्यक ढुवानी गर्ने सामाग्री र उपकरण वितरण गरिएको हो । छथर जोरपाटी गाउँपालिका-१ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था, वडा नम्बर ६ मा रहेका सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहका...
error: Content is protected !!