धनकुटामा चौथो कोप्चे फेस्टिभल सुरु (फाेटाे फिचर)
धनकुटा । धनकुटाकाे बिहीबारे हटियामा नयाँ वर्षकाे अवसरमा आजबाट चाैथाे काेप्चे फेस्टिभल सुरु भएकाे छ ।
'मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन' भन्ने मूल नाराका साथ कोप्चे पुनर्जागरण अभियानकाे आयोजनामा फेस्टिभल सुरू भएकाे हाे ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले कोप्चे क्षेत्रको आर्थिक पुनरुत्थानका...






























