सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको हिलेस्थित २ नम्बर वाहिनी अड्डामा वाहिनीपति ट्रफी सुरु भएको छ । २ नम्बर वाहिनी अड्डाको आयोजनामा महेन्द्र सैनिक शिविरको खेल मैदानमा बुधबारबाट वाहिनीपति ट्रफी सुरु भएको हो ।

वाहिनीपति ट्रफी प्रतियोगिताको उद्‌घाटन २ नम्बर वाहिनी अड्डाका वाहिनीपति रथी दिवाकर विक्रम राणाले गरे । उद्‌घाटन समारोहमा बोल्दै वाहिनीपति राणाले सकलदर्जाको सामूहिक भावना, एस्प्रिट डी कोरको विकास, पृतनापति ट्रफीमा उत्कृष्ट नतिजा हासिल तथा राष्ट्रको लागि सम्भावित उत्कृष्ट खेलाडीहरूको पहिचान गर्ने उद्देश्यले वाहिनीपति ट्रफी गरिएको बताए ।

बैशाख ३१ गतेसम्म संचालन हुने प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, जुडो, बक्सिङ, तेक्वान्दो, कबडी, स्विमिङ र एथ्लेटिक्स गरी जम्मा ९ वटा विधाका खेलहरू संचालन हुनेछन् ।

प्रतियोगितामा २ नम्बर वाहिनी अड्डा र भीमदल गण धनकुटा, भगवतीदल गण र भीमकाली गुल्म सुनसरी, शिवदल गण मोरङ तथा नयाँ श्रीनाथ गण भोजपुरको सहभागिता छ ।

यस्तै इन्द्रदल गुल्म र रणदल गुल्म संखुवासभा तथा शत्रुमर्दन गुल्म तेह्रथुमका खेलाडीहरूको सहभागिता छ । प्रतियोगिता धनकुटाको हिले स्थित ब्यारेक, सल्लेरी ब्यारेक र तल्लो टुँडिखेलमा संचालन हुने वाहिनी अड्डाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!