सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा अवस्थित चोत्लुङ पार्कमा दुई दर्जन बढी स्रष्टा गुञ्जिएका छन् । लालिगुराँस नगरपालिकाले आयोजना गरेको लालीगुँरास महोत्सवको साहित्यिक गोष्ठीमा आ-आफ्ना सिर्जना प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा लेखक उपेन्द्र सुब्बालगायत २७ जना स्रष्टाहरूले रचना वाचन गरेका थिए । कार्यक्रममा कवि चन्द्र गुरुङ, राज माङ्लाक, प्रदिप मेन्याङ्वो, हेमन यात्री, सीमा आभाष, गगन योक्पाङ्देन, कविता राई गाउँले र प्रवीण खालिङ राईले रचना वाचन गरेका थिए ।

Advertisement

यस्तै मनाराज शेर्मा, विराट किराती, साङ्सेन पाङधाक, नरेश काङमाङ राई, प्रवेग हाङस्रोङ, सोनाम पाल्जर, सन्ध्या सुब्बा, टोली प्रसाद राजवंशी, रुमानी कुलुङ, सेलिङ केसी, सीता तुम्खेवा, महेश दोस्ताज, पुजा बोगटी, बसन्त खापुङ, सुष्मा दाहाल, मनोज कुङ्बा, रामकुमार तरेवा र विक्रम पौडेलले कविता वाचन गरेका थिए ।

उनीहरूले साहित्मार्फत भावनात्मक सम्बन्धलाई समेत मजबुत बनाई प्रेम, पीडा, समाज र जीवनका विविध पाटाहरूलाई प्रस्तुत गरेका छन् । गुराँसको राजधानी तिनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइन्छ ।

सो क्षेत्रको प्राकृतिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लालीगुराँस महोत्सवको आयोजना गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए । महोत्सवमा स्थानीय तथा अर्गानिक खानाका परिकार राखिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!