धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा
धनकुटा । धनकुटाको निशान भगवती मन्दिरमा जमरा राखिएको छ । मन्दिरको दशैं घरमा उत्तम साइत पारेर आज बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिएको हो । धनकुटा नगरपालिका-६ स्थित बीच बजारमा रहेको यस मन्दिरमा वि.स. १८३१ सालदेखि निरन्तर जमरा राखिदै आएको छ ।
मन्दिरमा नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमदभागवत् र अन्य देवी स्तोत्रको पाठपारायण समेत गरिन्छ । मन्दिरमा नवरात्रको पहिलो दिनदेखी नवौदिनसम्म विभिन्न देवी...































