विराटनगरबाट भन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा
विराटनगर । विराटनगरबाट भन्सार छलीको सामानसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । सोमबार साँझ विराटनगर-१८ आइसिपी रोडबाट यूपी ८७९१८१ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्रकमा भन्सार पास गरेको भन्दा बढी मूल्यको सामान रहेको सूचना प्रहरीले पाएको थियो । मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
ट्रकसहित ४५ लाख मूल्य...

























