मुख्यमन्त्री कार्यालय अगाडि शिक्षक आन्दोलित
विराटनगर । नेपाल शिक्षक महासङ्घ कोशी प्रदेशको नेतृत्वमा कोशी प्रदेशका १४ वटै जिल्लाका शिक्षक आन्दोलित भएका छन् । पेशागत र शैक्षिक मागहरू राखेर कोशी प्रदेश सहित देशैभरका शिक्षक तथा कर्मचारी आन्दोलित भएका हुन् ।
नारा जुलुससहित भेला भएका उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई आज ज्ञापन पत्र बुझाएका छन् । लामो समयदेखि सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी तथा अस्थायी शिक्षक, ...




























