चट्याङ लागेर झापामा एकजनाको मृत्यु
विराटनगर । बारीमा काम गरिरहेका बेला चट्याङले लागेर झापामा आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर अर्जुनधारा नगरपालिका–२ का ५४ वर्षीय मोहनप्रसाद दुलालको मृत्यु भएको हो ।
दिउँसो आफ्नै बारीको मकै खेतीमा मल हालिरहेका बेला परेको चट्याङले उनलाई लागेको थियो । चट्याङ लागेर सिकिस्त घाइते भएका दुलाललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपच...


























